बेलकोटगढी नगरपालिकामा रोजगारीको अवसर, १५ जना कर्मचारी माग

फागुन १, काठमाडौं । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका कार्यालयले विभिन्न पदमा करारमा कर्मचारी माग गरेको छ । उक्त कार्यालयले नुवाकोटस्थित बाघखोरस्थित स्वास्थ्य संस्थाहरुको लागि विभिन्न पदहरुमा प्राविधिक कर्मचारी आवश्यकताको १५ दिने सूचना प्रकाशित गरेको हो । कार्यालयले कृषि विकास अधिकृत १ जना,  अहेव ४ जना, अनमी ३ जना, ल्याव असिष्टेन्ट १ जना र कार्यालय सहायक ५ जना गरी जम्मा १४ जना कर्मचारी मागेको हो ।  कार्यालयले कृषि विकास अधिकृतका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट कृषि विज्ञानमा स्नातक गरेको वा सो सरह उत्तिर्ण गरेको, अहेवको लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट सीएमए कोर्ष उत्तिर्ण गरि स्वास्थ्य सम्बन्धी व्यवसायिक परिषदमा दर्ता भएकोउमेदवार माग गरेको छ ।  यसैगरी अनमीको लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट अनमीको कोर्ष उत्तिर्ण गरि स्वास्थ्य सम्बन्धी व्यवसायिक परिषदमा दर्ता भएको, ल्याब असिष्टेन्टका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट ल्याब असिष्टेन्ट कोर्ष उत्तिर्ण गरि स्वास्थ्य सम्बन्धी व्यवसायिक परिषदमा दर्ता भएको  र कार्यालय सहायकको लागि साधारण लेखपढ गर्न जान्ने उमेदवार माग गरिएको छ । इच्छुक उमेद्वारहरुले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आफ्नो नागिरकता प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, प्रचलित नेपाल कानून बमोजिम विभिन्न काउन्सिल वा परिषद वा अन्यमा दर्ता भएको प्रमाणित प्रतिलिपि, अनुभवको प्रमाणपत्रको प्रतिलिपिका साथै २ प्रति पासपोट साइजको फोटोसहित कार्यालयमा गएर आवेदन दिन सक्नेछन् ।