'ओलीलाई धुँदा-धुँदा बागमतीको पानी सकियो, तर पखालिएनन्'

गुल्मी : नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले केपी ओलीलाई सुधार्नका जति प्रयास गरे पनि निरर्थक भएको बताएका छन्। माधव-प्रचण्ड समूहले गुल्मीमा आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ज्ञवालीले ओलीलाई धुँदा-धुँदा बागमतीको पानी सकिएको तर उनी कहिल्यै नसुध्रिएको र उनको मनको हिलोमैलो नपखालिएको बताएका छ्न।उनले भने, 'ओलीलाई सुधार्नका लागि हरदम प्रयास गर्यौँ तै पनि उहाँ सुध्रिनुभएन' उनले थपे, 'उहाँलाई धुँदा-धुँदा बरु बागमतीको पानी सकियो त