काठमाडौँ उपत्यकामा राति ९ बजेसम्म देउसीभैलो खेल्न पाइने

काठमाडौँ- काठमाडौँ उपत्यकामा राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने भएको छ । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालय काठमाडौँ, ललितपुर र भक्तपुरले सार्वजनिक सूचनाजारी गरेर राति ९ बजेसम्म मात्र देउसीभैलो खेल्न पाउने जनाएका हुन् । काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार तोकिएको समयसीमा भित्र मात्रै देउसीभ...