कुला नबन्दा रोपाइँ नहुने चिन्ता,करोड लगानीमा २२ वटा योजना बन्ने

गत असोज १९ देखि २५ सम्म भएको अविरल वर्षापछि आएको बाढीले जुम्लासहित कर्णालीको कृषि क्षेत्रमा ठूलो क्षति भयो । भित्र्याउन लागेको मार्सीधानसँगै १८ हेक्टर मार्सी फल्ने खेत बगरमा परिणत भए भने जिल्लाभरका डेढ सय बढी सिँचाइ कुला, नहर भत्किए। असोजमा भत्किएका अधिकांश कुला आंशिक रूपमा निर्माण भए पनि जेठमा गरिने रोपाइँका लागि भरपर्दो देखिँदैन । […]