ताइवान नजिक घुसपैठ गरिरहेको र हाइपरसोनिक हतियारहरू परीक्षण गरिरहेको रिपोर्ट सार्वजनिक भइरहेका बेला चिनियाँ सेनाको आधुनिकीकरण र अत्याधुनिक हतियारहरू निर्माण गर्ने उनको प्रयासबारे विश्वको ध्यान आकर्षित छ । कुनै समय कम्युनिष्ट पार्टीले आफ्ना दुस्मनहरूलाई लडाकु र राइफलकै भरमा परास्त गरेको बताउँथ्यो, तर अहिले जनमुक्ति सेना विश्वकै ठुलो लडाकु दस्ता बनिसकेको छ । यस सेनामा २० लाख सक्रिय सदस्यहरू छन् । सी जिनपिङको नेतृत्वमा चीन कूटनीतिक रूपमा थप आक्रामक देखिएको छ । उसले विवादित भूमि कब्जा गर्ने आफ्न