कोशीमा मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि बजेट अध्यादेश पेश हुने कार्यसूची

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठकमा विश्वासको मत लिँदैछन् । मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनका लागि प्रस्ताव पेश गर्नुभन्दा पहिले भने आगामी आर्थिक बर्षको बजेटसम्बन्धि अध्यादेश पेश हुने कार्यसूची रहेको छ । आज बिहीबार दिउँसो १ बजेको लागि कोशी प्रदेशको...

सम्बन्धित सामग्री

संसद् अधिवेशन अन्त्य : १५ ओटा अध्यादेश अन्योलमा

काठमाडौं । सरकारले संघीय संसद्को चालू अधिवेशन सोमवार राति १२ बजेदेखि अन्त्य गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदनको चालू अधिवेशन सोमवार राति १२ बजेबाट अन्त्य हुने बेहोराको पत्र सभामुख अग्निप्रसाद सापकोटाले पढेर सुनाएका हुन् । सोमवार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले राष्ट्रपति भण्डारीले प्रतिनिधिसभामा पठाउनुभएको पत्र वाचन गर्दै भने, ‘नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को २०७८÷४÷३२ को सिफारिशमा संघीय संसद् दुवै सदनको चालू अधिवेशन २०७८ साल साउन ३२ गते सोमवार राति १२ बजेदेखि अन्त्य गरेको छु ।’ सभामुख सापकोटाका अनुसार अधिवेशनमा विभिन्न अध्यादेश पेश भएका, संसदीय समिति र संवैधानिक आयोगहरूका प्रतिवेदन पेश गरिएका थिए । सभामुख सापकोटाले राष्ट्रपतिको उक्त पत्र वाचन गरेपछि प्रतिनिधिसभाको चालू अधिवेशन सोमवार राति १२ बजेबाट स्वतः अन्त्य हुने घोषणा गरे । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि गत साउन ३ गतेबाट अधिवेशन शुरू भएको थियो । अधिवेशनबाट प्रधानमन्त्री देउवाले विश्वास मतसमेत लिएका थिए । सर्वोच्च अदालतको २८ असारको फैसलापछि ३ साउनमा बैठक शुरू भएयताका २९ दिनमा प्रतिनिधिसभाका जम्मा १० ओटा बैठक मात्रै बसे । १० ओटा बैठकमा पनि देउवाले विश्वासको मत लिने र पहिलो बैठकमा पेश गर्नुपर्ने प्रावधानअनुसार केही अध्यादेशहरू पेश मात्र गरिए । अहिले संघीय ससंद्मा अघिल्लो सरकारले ल्याएको बजेटसहित १५ ओटा अध्यादेश विचाराधीन छन् । आर्थिक अध्यादेश, २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८ र विनियोजन अध्यादेश २०७८ गरी तीनओटा अध्यादेश पेश भएका थिए । यसलाई पारित नगर्दा बजेटमाथि संवैधानिक प्रश्न उठ्ने अवस्था छ । एकाएक संसद् अधिवेशन अन्त्य गर्दा कोभिड संकट व्यवस्थापन, तेजाब आक्रामणसम्बन्धी अध्यादेशहरू समेत अन्योलमा परेका छन् । संसद् विघटन गरेर अघिल्लो सरकारले ल्याएका ती अध्यादेश पाँच दलीय गठबन्धनबाट बनेको सरकारले अघि नबढाउने संकेत देखाइरहेको थियो । सरकारको साझा न्यूनतम कार्यक्रममा अध्यादेश बजेट प्रतिस्थापन गर्न विधेयक ल्याउन देउवा सरकारका अर्थमन्त्री जनार्दन शर्माले संसद्मै उद्घोष गरेका थिए ।

अब प्रतिनिधिसभाको प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक बस्ने

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनका लागि प्रतिनिधिसभाको अर्को बैठक बस्दैछ। आजै सुरु भएको प्रतिनिधिसभाको पहिलो बैठकमा राष्ट्रपतिको कार्यालयबाट आएको पत्र बढेर सुनाउने तथा विभिन्न अध्यादेश पेश भएको छ। प्रतिनिधिसभा विघटन भएको समयमा मृत्यु भएका विभिन्न पूर्व सांसदहरुको नाममा शोक व्यक्त गर्दै पहिलो बैठक स्थगित भएको हो।

मुख्यमन्त्री शाहीले पाउलान त २० सांसदको मत?

काठमाडौंः कर्णाली प्रदेशसभा बैठक आज बस्दैछ। आज बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री शाहीले विश्वासको मत लिन अघि प्रदेशसभा बैठकमा २ वटा अध्यादेश पेश गर्ने कार्यसुची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।प्रदेश सभा सचिवालयका सुचना अधिकारी उपेन्द्रकुमार गुरुङले बैठकमा २ वटा अध्यादेश पेश गर्ने र सभामुखले प्रदेशसभा सदस्य धर्मराज रेग्मीको पद रिक्त भएको जानकारी गराउने बताए। त्यसपछि अर्को चरणमा मुख्यमन्त्रीले विश्वासको मत लिनेछन्। यसका लागि सत्तारुढ नेकपा माओव