काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले बजेटमार्फत आलु प्याजमा लगाएको कर सुधार गर्न आवश्यक रहेको बताएका छन्। सोमबार काठमाडौँमा भएको ट्रेड युनियन कांग्रेसको सातौँ महाधिवेशनलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन्। उनले सरकारले जनतालाई विदेशबाट आयात भएका आलु, प्याज र स्याउमा मूल्य बढ्ने र नेपाली उत्पादन सस्तो हुने भनेर झुक्याएको बताए। […]