पर्वत : कास्कीको पोखरा महानगरपालिका नेकपा एमालेको पकड रहेको क्षेत्र हो।२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षदेखि सदस्यसम्म एमालेको प्यानल नै विजयी भएको थियो तर यस पटकको निर्वाचनले वडा–१६ मा एमालेलाई कमजोर साबित गरेको छ।अहिले पोखरा महानगरपालिकाको प्रमुख पदमा उम्मेदवार रहेका कृष्ण थापाको गृह वडा समेत रहेको वडा–१६ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी हुनुले नगरप्रमुखको होडमा रहेका थापा कमजोर भएकाे देखिन्छ।गृह वडामा जितेको भए थापाको पार्टी सङ्गठन नि