नेपाली सेनाको व्यवस्थापनमा राधास्वामी सत्संग व्यास नेपाल टोखामा कोरोना खोप केन्द्र सञ्चालनमा आएको छ । सरकारले असार ३० देखि साउन २ गतेसम्म कोरोना खोप लगाउने मिति तय गरेसँगै नेपाली सेनाको व्यवस्थापनमा टोखा नगरपालिका–१० सामाखुशीस्थित राधास्वामी सत्संग व्यास नेपालको भवनमा बुधबारदेखि कोरोना खोप केन्द्र सञ्चालनमा ल्याइएको हो ।
धास्वामी कोभिड आइसोलेशन तथा अक्सिजन थेरापी केन्द्रका क्लिनिकल रजिष्ट्रर महासेनानी डा सुमनराज डङ्गोलले सेनाको व्यवस्थापनमा वीरेन्द्र सैनिक अस्पतालका साथसाथै राधास्वामी भवनमा कोभिड खोप केन्द्र सञ्चालनमा ...