सुदूरपश्चिममा ‘चेली त्यार’को रौनक

डोटी – माघ महिना सुरु भएसँगै सुदूरपश्चिम प्रदेशमा ‘चेली त्यार’को रौनक छाएको छ । यहाँको स्थानीय भाषामा पर्वलाई त्यार भनिन्छ र छोरीलाई चेली ।  विवाह गरेर पराइ घर गएका छोरी चेलीलाई विभिन्न किसिमका परिकार पकाएर कोशेली दिने एक प्रकारको प्रथा हो चेली त्यार । कतै अन्नी दिने तथा कतै त्यारमाडो दिने पनि भन्ने गरिन्छ ।  कोरोना सङ्क्रमण तीब्र रुपमा फैलिरहेको भए पनि यहाँ भने डोटी सहित यहाँका विभिन्न जिल्लाहरुमा चेली त्यार सुरु भएको हो ।  त्यारमाडो दिन यहाँका महिलालाई अहिले भ्याइँ नभ्याइँ भ...