पाँच चिनियाँ जहाज बेच्न मूल्य तोक्दै नेपाल एयरलाइन्स

२० मंसिर, काठमाडौं । नेपाल एयरलाइन्सले तीन वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड बनाएर राखेको ५ वटा चिनियाँ जहाज बिक्री गर्ने भएको छ । सो प्रयोजनका लागि नेपाल एयरलाइन्सले मंगलबार जहाजको पूर्ण मूल्यांकनका लागि टेण्डर आह्वान गरेको छ । निगमकी प्रवक्ता अर्चना खड्काका अनुसार पूर्ण मूल्यांकनपछि यी जहाजको मूल्य तय हुन्छ । त्यसपछि ग्लोबल टेन्डर आहृवान […]

सम्बन्धित सामग्री

कवाडमा पनि बिकेनन् अर्बौंका चिनियाँ जहाज

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले दोस्रो पटक लिलामका लागि राखेका पाँच चिनियाँ जहाज सकार्न कुनै पनि प्रस्ताव नपरेपछि मंगलबार पुनः ग्लोबल टेन्डर आह्वान गरिएको छ।

ओरालो लाग्दै नेपाल एयरलाइन्सको बजार

काठमाडौं। सरकारी स्वामित्वको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को बजार अंश पछिल्लो २ वर्ष लगातार घटेको देखिएको छ । सन् २०२० सम्मका ९ वर्षमध्ये ७ वर्ष बढेको नेपाल एयरलाइन्सको बजार अंश सन् २०२१ र २२ मा लगातार घटेको हो । सन् २०२० मा २५ प्रतिशत पुगेको नेपाल एयरलाइन्सको बजार अंश २०२१ मा २० प्रतिशत र २०२२ मा १६ दशमलव ५६ प्रतिशतमा ओर्लेको निगमले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमा उल्लेख छ । आन्तरिक र बाह्य दुवैतर्फ उडान सेवा दिँदै आएको निगमले आफूसँग भएका जहाजको सही व्यवस्थापन गर्न र उपयुक्त रणनीति बनाउन नसक्दा बजार अंश गुमाउँदै गएको हो । निगमभन्दा पछि सञ्चालनमा आएका निजीक्षेत्रका केही वायुसेवा प्रदायक कम्पनीको बजार अंश ५५ प्रतिशतभन्दा माथि पुगेको छ । बाँकी एयरलाइन्स कम्पनीहरूले पनि बजार अंश बढाउँदै आएका छन् ।   आन्तरिकतर्फ वर्षमा जम्मा १७ हजारलाई सेवा उडानमा ढिलाइ गर्ने, इन्जिन बनाउनै महीनौं लगाउने र पटकपटक प्राविधिक समस्या आउँदा निगमले दिने सेवाको गुणस्तर अरुको तुलनामा कमजोर छ । जहाज संख्या कम र दिइरहेको सेवा पनि गुणस्तरीय नहुँदा बजार अंश गुमाउन पुगेको प्रतिवेदनमै उल्लेख छ । कुनै समय आन्तरिकतर्फका ३९ गन्तव्यमा उडान गरेको नेपाल एयरलाइन्सले अहिले जम्मा १९ गन्तव्यमा जहाज उडाउँछ । अन्तरराष्ट्रिय उडानका गन्तव्यहरू पनि घटेर अहिले ९ मा झरेको छ । सन् २०२० मा कोभिड–१९ का कारण अन्य जहाज सञ्चालन नहुँदा निगमको बजार अंश बढेको थियो । दशकौंदेखि सेवा दिँदै आएको नेपाल एयरलाइन्सले आन्तरिक तथा बाह्य दुवैतर्फको उडानमा सही रणनीति बनाएर लागू गर्न र सेवाग्राहीको बढ्दो संख्यालाई तान्न नसक्दा बजार अंश गुमाउँदै आएको हो । निगमको संरचनागत सुधारदेखि बजार विस्तार र रणनीति सम्बन्धमा पटकपटक सुझावसहितका प्रतिवेदन तयार भए पनि बजार अंश र आम्दानी बढ्नुको साटो घटेको छ ।  बारम्बार उडान रद्द गर्ने निगमले मौसम, प्राविधिक, इन्जिनीयरिङलगायत कारणले उडानमा ढिलाइ हुँदै आएको उल्लेख गरेको छ । निगमसँग हाल दुईओटा ट्वीनअटर जहाज छन् । त्यसबाट उसले आन्तरिक गन्तव्यमा उडान गर्दै आएको छ । चारओटा एयरबस जहाजबाट ७ देशका ९ गन्तव्यमा उडान गर्दै आएको छ ।  निजीक्षेत्रका वायुसेवा प्रदायक कम्पनीले बजार विस्तार गरेपछि निगमले पनि गुमेको बजार अंश फर्काउन चिनियाँ जहाज अनुदान र ऋण सहयोगमा किनेको थियो । हाल ती जहाज ग्राउन्डेड भई विक्री पनि हुन नसकेको अवस्थामा छन् । निगमले सार्वजनिक गरेको प्रतिवेदनअनुसार जहाजको उपयोग औसत दैनिक १३ दशमलव ६ घण्टा भएको देखिएको छ ।  सन् २०२२ मा नेपाल एयरलाइन्सले विभिन्न गन्तव्यमा ३ हजार ७६८ अन्तरराष्ट्रिय उडान/अवतरण गर्दा ६ लाख २९ हजार १४७ यात्रुलाई सेवा दिएको छ । नेपाल एयरलाइन्सले भारतको नयाँ दिल्ली, मलेशियाको क्वालालम्पुर, कतारको दोहा, युनाइटेड अरब इमिरेट्सको दुबई, हङकङ, थाइल्यान्डको बैंकक र मुम्बईमध्ये सबैभन्दा धेरै आम्दानी बैंकक उडानबाट गरेको छ । यीमध्ये कार्गाे सेवा दिँदा बैंकक सेक्टरबाट कम्पनीले सन् २०२२ मा ९८ प्रतिशत आम्दानी गरेको छ । बैंकक सेक्टरमा यात्रुबाट ३९ प्रतिशत आम्दानी गरेको छ । सबैभन्दा कम आम्दानी गर्ने सेक्टरमा दुबई रहेको छ । उक्त सेक्टरमा उडान सेवा दिँदा नेपाल एयरलाइन्सले यात्रु र कार्गाे दुवैबाट सन् २०२२ मा १२/१२ प्रतिशत आम्दानी गरेको छ ।  आन्तरिक उडानमा भने नेपाल एयरलाइन्सको सेवा अत्यन्त कमजोर देखिएको छ । गतवर्ष आन्तरिकतर्फ निगमले जम्मा १७ हजार २१४ यात्रुलाई सेवा दिएको छ । जहाज नै कम हुँदा र भएका जहाज पनि व्यवस्थित रूपमा सञ्चालन गर्न नसक्दा सेवा लिनेको संख्या कम देखिएको हो । आन्तरिकतर्फ कमजोर उपस्थिति देखिएका बेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आन्तरिक उडानका लागि १० ओटा जहाज किन्ने घोषणा गरेका छन् ।

पाँच चिनियाँ जहाज बेच्दै निगम, मूल्यांकनका लागि टेण्डर आव्हान

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पाँचवटा चिनियाँ जहाज बिक्रीका लागि मूल्यांकन प्रक्रिया सुरु गरेको छ । निगमले मंगलबार एक सूचना जारी गर्दै ज २ वटा एमए/६० र ३ वटा वाई/१२ जहाज ब्रिक्री गर्न मूल्यांकनका लागि कम्पनी छनोट गर्न टेण्डर आव्हान गरेको हो । निगमले १५ दिनको समय दिएर कम्पनी छनोटका लागि सूचना […]

‘नेपाल एयरलाइन्स’ सिध्याउने ६ नेताः कसको पालामा के भयो ?

पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय ध्वाजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले उतारचढावपूर्ण ६३ वर्षे यात्रा पूरा गरेको छ । ६ दशकभन्दा बढी लामो इतिहास बोकेको नेपाल एयरलाइन्सको ‘आर्थिक स्वास्थ्य’ भने दिनानोदिन खराब अवस्थाबाट गुज्रिरहेको छ ।सन् १९५८ मा २८ सिटे डाकोटा डीसी–३ विमानबाट काठमाडौँ–सिमरा उडेर हवाई उडान सुरु गरेको निगमले हाल वाइडबडी जहाजबाट विभिन्न गन्तव्यमा उडान त गर्दैछ । तर, संस्था झण्डै ५० अर्ब ऋणमा भासिएको छ । आन्तरिक उडानमा अस्तित्व नै गुम्योकुनै समय नेपाल एयरलाइन्सका साना जहाजले देशका अधिकांश आन्तरिक विमानस्थलमा उडान गर्थे । हाल आन्तरिक उडानमा निगमको उपस्थिती शून्य प्रायः छ । २ वटा ट्वीनअटर विमानले आन्तरिक उडान गरिरहेको भएपनि त्यो खस्कँदो छ । चीनसँग खरिद गरिएका २ वटा एमए–६० र ४ वटा वाई–१२ जहाज भने १५ असार २०७७ असार अर्थात् २ वर्ष अघिदेखि घाम तापेर बसेका छन् । यी जहाजको सञ्चालन खर्च आम्दानीभन्दा बढी छ ।अन्तराष्ट्रिय उडानतर्फ जापान, साउदी, कतार, दुबई, मलेसिया, थाइल्याण्डको बैंकक, हङकङ र भारतका ३ शहर (दिल्ली, बैंलोर र मुम्बई)मा नियमित उडान गर्दै आएको छ । २ वटा वाइडबडी र २ वटा न्यारोबडी एयरबसमार्फत अन्तराष्ट्रिय गन्तव्यमा उडान भरिरहेको निगम विश्वका अन्य ध्वजाबाहक र नेपालकै प्रतिस्पर्धी वायुसेवा प्रदायक कम्पनीका सामू भने निरिह बन्नु परिरहेको छ ।ऋण चुलियो, किस्ता तिर्न बन्दपछिल्ला वर्ष राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्स क्रमशः घाटामा छ । संस्थाको थाप्लोमा रहेको झण्डै आधा खर्ब ऋणको भार बोकेर निगमका जहाज आकाशमा उडिरहेका छन् ।अन्तराष्ट्रिय उडानका लागि खरिद गरिएका एयरबस ३२० र वाइडबडी ३३० जहाजको ऋणको किस्ता र ब्याजसमेत निगमले तिर्न सकेको छैन । निगमले वाइडबडी ए ३३०, २ वटा एयरबस ए ३२० र चिनियाँ जहाज खरिदका लागि लिएको ऋणको तिर्न बाँकी साँवा र ब्याज ४७ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ ।वाइडबडी जहजा खरिद गर्न कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट निगमले ऋण लिएको थियो । २ वटा एयर बस ३२० किन्न कर्मचारी सञ्चय कोषसँग १० अर्ब, २ वटा वाइडबडी ए ३३० जहाज किन्न सञ्चय कोष र नागरिक लगानी कोषसँग २५ अर्ब र चिनियाँ जहाज खरिदमा ६ अर्ब ६७ करोड १० लाख गरी ३८ अर्ब ७२ करोड ऋण बढेर हाल ४७ अर्ब ४४ करोड पुगेको छ ।पटक पटक राजनीतिक हस्तक्षेपचरम आर्थिक संकटबाट गुज्रिरहेको नेपाल एयरलाइन्सले राजनीतिक हस्तक्षेप पटक पटक ब्यहोरिरहेको छ । हरेक पटक सरकार परिवर्तन हुँदा पहिलो प्रहार निगमले खेप्नुपरेको छ ।हरेक पटक सरकार फेरिँदा निगम कमाउने भाँडो बन्ने गरेको छ । सरकार परिवर्तन हुनासाथ आउने पर्यटन तथा नागरिक उड्डयन मन्त्रीले नेपाल एयरलाइन्सलाई कार्यकर्ता भर्तीको केन्द्र बनाउने गरेका छन् । पछिल्लो उदाहारण हुन् प्रेम आले । उनले आफूले सिफारिस गरेका कार्यकर्तालाई भर्ती नगरेपछि निगमका निलम्बित अध्यक्ष युवराज अधिकारीमाथि अश्लील गाली गर्दै हातपात नै गरेका थिए ।तत्कालीन राजा ज्ञानेन्द्रले २१ दिनसम्म निगमको व्यावसायिक उडान नै रोकेर २०६२ कात्तिक २५ गतेबाट बंगलादेशको ढाकादेखि अफ्रिकाको बुरुन्डीसम्म यात्रा गरेका थिए । तर, निगमले अहिलेसम्म पनि ज्ञानेन्द्रले गरेको त्यो उडानको भाडा पाएको छैन । राजतन्त्रदेखि हाल गणतन्त्रसम्म पनि नेपाल एयरलाइन्सले पटक पटक दलको हस्तक्षेपबाट दलदलमा फस्नु परेको छ । २०६४ चैतमा भएको पहिलो संविधानसभाको निर्वाचनपछि माओवादी दलबलसहित सत्तामा पुग्यो । प्रधानमन्त्री बने त्यतिबेला भर्खर हिंसात्मक राजनीतिबाट संसदीय राजनीतिमा आएका पुष्पकमल दाहाल प्रचण्ड । उनले त्यतिबेला निगमको महाप्रबन्धकमा सुगतरत्न कंसाकारलाई नियुक्त गरे ।प्रचण्डको उक्त कदमको विरुद्दमा तत्कालीन महाप्रबन्धक केबी लिम्बु अदालत गए । अदालतले यसको छिनोफानो गर्न ५ महिना लगाईदियो । महाप्रबन्धकको रुपमा कंसाकारले काम गरिरहेकै अवस्थामा अदालतले लिम्बुलाई पुर्नबहाली गरिदियो ।नेपाली सेनाका तत्कालीन प्रधान सेनापती रुकमांगत कटुवालसँगको टसलका कारण प्रचण्ड नेतृत्वको सरकार ढल्यो । झलनाथ खनाल नेतृत्वको सरकार बन्यो ।झलनाथको नेतृत्वमा सरकार बन्दा अदालतबाट पुर्नबहाली पाएका केबी लिम्बुले निगमको महाप्रबन्धकको रुपमा काम गरिरहेका थिए । तर, खनाल नेतृत्वको सरकारले पुनः कंसाकारलाई कार्यकारी अध्यक्ष बनाएर निगममा भित्र्यायो ।आफूलाई मुद्दा हराएर निगमको महाप्रवन्धका रुपमा फर्किएका लिम्बुको कार्यकारी अधिकार सहित निगममा छिरेका कार्यकारी अध्यक्ष कंसाकार र महाप्रबन्धक लिम्बुबीचको टसल छताछुल्ल भयो । विवाद बढेपछि कंसाकारले लिम्बुको सबै अधिकार खोसिदिए ।कार्यकारी अध्यक्षको हैसियतमा कंसाकारले ६ वटा जहाजको खरिद प्रक्रिया सुरु गरे । बैना वापतको रकम पनि पठाए ।तर, जहाज खरिदमा आर्थिक घोटाला भएको भन्दै कंसाकार जेल पुगे । बैना रकम फिर्ता आएपछि सफाई पाएर फर्किए । उनी पदमुक्त पनि भए ।कंसाकार कार्यकारी अध्यक्षबाट पदमुक्त भएपछि लिम्बु नै कार्यकारी महाप्रबन्धक बने । लगत्तै डा. बाबुराम भट्टराईको नेतृत्वमा सरकार बन्यो । डा. भट्टराई नेतृत्वको सरकारले मनरुप शाहीलाई कार्यकारी अध्यक्ष बनायो ।शाहीले पदबाट राजीनामा दिएपछि निगमकै कर्मचारी मदन खरेल खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त भए । त्यतिबेला निगमको बोर्ड अध्यक्ष पर्यटन मन्त्रालयका सचिवलाई नियुक्त गर्न थालिएको थियो ।तर, फेरि बाहिरबाट नियुक्त गर्ने गाईगुई सुरु भयो । स्वर्गीय सुशील कोइराला नेतृत्वका सरकारले शिवशरण न्यौपानेलाई निगमको बोर्ड अध्यक्षमा नियुक्त गर्यो । त्यतिबेलाको सत्ता साझेदार दल एमालेको अध्यक्ष थिए झलनाथ खनाल । न्यौपानेलाई निगमको अध्यक्षमा नियुक्त गर्न खनालले स्वर्गीय सुशील कोइरालालाई ठूलो दबाब दिएका थिए ।कार्यकारी अध्यक्ष न्यौपाने र महाप्रवन्धक खरेलबीच विवाद बढ्यो । कार्यकारीको हैसियतले न्यौपानेले खरेललाई काम गर्न दिएनन् । त्यसपछि खरेलले महाप्रबन्धकबाट राजीनामा दिए । खरेलले राजीनामा दिएपछि जेठ २०७२ मा सुगतरत्न कंसाकारलाई महाप्रबन्धक बनाईयो ।न्यौपानेलाई सरकारले निगमको बोर्ड अध्यक्षबाट हटाउने निर्णय गर्यो । यो निर्णय नमान्ने भन्दै न्यौपाने अदालत गए । अदालतले न्यौपानेको पुर्नबहाली गरिदिएन ।सरकारले पुनः पर्यटन सचिवलाई नै बोर्ड अध्यक्ष बनायो । महाप्रबन्धक कार्यकारी भए । कंसाकारकै कार्यकालमा निमगले २७४ सिट क्षमताका २ वटा वाइडबडी जहाज खरिद गर्यो । हवाई उडानको बजारमा निगमले आफ्नो हिस्सा १७ प्रतिशितसम्म पु¥यायो ।तर, २०७४ मंसिरमा भएको निर्वाचनपछि २०७४ फागुनमा तत्कालिन नेकपाका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्यो । ओली नेतृत्वको सरकारमा पर्यटनमन्त्री थिए स्वर्गीय रवीन्द्र अधिकारी । अधिकारी सहमत नहुँदा नहुँदै ओलीले मदन खरेललाई निगमको सदस्यमा नियुक्त गरे । सदस्य नियुक्त भएको केही दिनमै ओलीले नै महाप्रबन्धक कंसाकारको कार्यकारी अधिकार खोसेर खरेललाई कार्यकारी अध्यक्ष बनाए ।आफ्नो अधिकार खोसिए पनि कंसाकार महाप्रबन्धकको रुपमा निगममै बसे । रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि योगेश भट्टराई पर्यटनमन्त्री नियुक्त भए । भट्टराई मन्त्री बनेपछि कंसाकारले माघ २०७६ मा पदबाट राजीनामा दिए ।२०७६ चैतबाट कोरोनाका कारण मुलुक लकडाउनमा गयो । त्यतिबेला ओली नेतृत्वकै सरकारले पर्यटन सचिव सुशील घिमिरेलाई अर्को व्यवस्था नहुँदा सम्मका लागि भनेर कार्यकारी अध्यक्ष बनायो ।घिमिरे कार्यकारी अध्यक्ष रहेकै बेला सदस्यमा नियुक्त भए डिमप्रकाश पौडेल । त्यसपछि उनै पौडेलले निगममा कार्यकारी अधिकार पाए । उनी असोज २०७७ मा महाप्रबन्धक बनाईए ।त्यपछिको यो बीचमा संसद विघटन, सर्वोच्चद्वारा विघटन बदर लगायतका घटनाक्रम पछि ओली नेतृत्वको सरकार ढल्यो । काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भए । प्रधानमन्त्री भएको ३ महिनापछि बल्ल देउवाले नेकपा एकिकृत समाजवादीको सिफारिसमा प्रेम आलेलाई पर्यटनमन्त्रीमा नियुक्त गरे । मन्त्री भएको ५ दिनमै आलेले निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलको अधिकार खोसेर कार्यकारी अध्यक्षका बनाएर युवराज अधिकारीलाई भित्र्याए । कर्मचारीमाथि यौन हिंसा गरेको प्रमाणित भएर सजाय भोगेका निगमकै अर्थ विभागका पूर्वप्रमुख अधिकारीलाई कार्यकारी अध्यक्ष बनाईएको थियो । डिल नमिलेपछि आलेले नै उनलाई निलम्बन गरिदिएका छन् ।आले अहिले मन्त्री पदबाट हटिसकेका छन् । अहिले जीवनराम श्रेष्ठ पर्यटनमन्त्री छन् । जाँदाजाँदै आलेले अधिकारीलाई निलम्बन गरेर निगमकै वरिष्ठ क्याप्टेन दीपु ज्वार्चनलाई अस्थायी महाप्रबन्धक बनाएका थिए । अहिले उनै ज्वार्चनले जसोतसो काम गरिरहेका छन् ।

निगमको आन्तरिक उडानमा दुई ट्वीनअटर जहाज मात्रै

सिबी अधिकारी काठमाडौँ।राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आन्तरिक उडानमा रहेका छ चिनियाँ जहाजको व्यावसायिक उडान बन्द गरेको छ । चिनियाँ जहाज नउडाउने भएपछि अब निगमको आन्तरिक सेवामा दुई ट्वीनअटर ...

निगमले चिनियाँ जहाजको व्यावसायिक उडान नगर्ने

काठमाडौँ । चिनियाँ जहाजबाट व्यावसायिक लाभ लिन नसकेको नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले आगामी साउन १५ देखि व्यावसायिक उडान नगर्ने भएको छ । आन्तरिक उडानका लागि चीनबाट ल्याइएका छ वटा जहाजबाट हालसम्म कुनै मुनाफा आर्जन गर्न नसकेको भन्दै निगमले चिनियाँ जहाज विस्थापन गरी नयाँ जहाज खरिद प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । …

चिनियाँ जहाज चलाउने र चीनमा विमान उडाउने दुवै योजना अलपत्र!

काठमाडौं : दुई वर्षदेखि चीनमा जहाज उडाउने लक्ष्य लिएको नेपाल एयरलाइन्स अन्तत: अन्योलमा परेको छ। आफ्ना उडान चीन भर्न सक्दा फाइदा हुने योजना कोरेको निगमले चीन उडानको लागि अनुमति पाउन सकेको छैन। आन्तरिक उडानका लागि भन्दै दुई उपहारमा र चार सहुलियत कर्जामा ल्याएका जहाज चलाउन सकेको छैन।  अडिट टिम नआएपछ...