संवैधानिक नियुक्तिविरुद्ध रिट बोकेर सभामुख सापकोटा आफैं पुगे सर्वोच्च अदालत

संवैधानिक आयोगहरूमा गरिएको नियुक्ति र शपथ ग्रहण गैरसंवैधानिक रहेको जिकिरसहित रिट लिएर विघटित प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटा आफैं‌ सर्वोच्च अदालत पुगेका छन् । रिट लिएर सभामुख आफैं सर्वोच्च अदालत पुगेको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले लोकान्तरलाई जानकारी दिए । 'हामी यहीँ अदालतमा छौं, सभामुख आफैंले रिट दायर गर्न लाग्नुभएको हो,' न्यौपानेले लोकान्तरसँग भने । संवैधानिक परिषद्को मंसिर ३० गते बसेको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित संवैधानिक आयो...