होम क्वारेन्टाइनको निगरानीमा खटिएका व्यक्तिलाई सिम

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले होम क्वारेन्टाइनको निगरानीमा खटिएका पाँच सय अनुगमनकर्तालाई सिम बाँडेको छ । काठमाडौंमा बसिरहेका नगरबासीलाई लकडाउनकै बीचमा गाउँ ल्याएको नगरपालिकाले होम क्वारेन्टीनको आचार संहिता पालनाका लागि अनुगमनमा खटाइएका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, सुरक्षाकर्मी, वडा सचिव, शिक्षक र कृषि पशु प्राविधिकलाई निःशुल्क एनसेलको सिम बाँडिएको हो ।