ब्याँस–४ का वडाअध्यक्ष र पूर्व वडाअध्यक्ष प्रहरी नियन्त्रणमा

नेपाल समाचारपत्र, दार्चुला दार्चुलाको ब्याँस गाउँपालिका–४ को डोकट घटनाको विषयमा सोधपुछ गर्न प्रहरीले उक्त गाउँपालिकाका वर्तमान वडाअध्यक्ष, पूर्व वडाअध्यक्ष र एक जना स्थानीयलाई बुधबार नियन्त्रणमा लिएको छ । वर्तमान वडाअध्यक्ष ४३ वर्षीय झुनसिंह विष्ट, पूर्व वडाअध्यक्ष ५५ वर्षीय संग्रामसिंह विष्ट र ४३ वर्षीय स्थानीय मोहनसिंह विष्टलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । […]

सम्बन्धित सामग्री

होटलको कोठाबाट महिलासहित वडाअध्यक्ष प्रहरी नियन्त्रणमा

बैतडी । दोगडाकेदार गाउँपालिका–७ का वडाध्यक्ष भरत महरा स्थानीय एक महिलासँग शंकास्पदरूपमा भेटिएका छन् । शंकास्पदरूपमा भेटिएका वडाध्यक्ष र ती महिलालाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । उनीहरु दुवैलाई बिहान ३ः०० बजे स्थानीय खोचलेक बजारको एक होटलको कोठाबाट नियन्त्रणमा लिइएको हो । उनीहरु दुवै कोठामा रहेको भन्ने जानकारी वडाअध्यक्ष महराकी श्रीमतीले पाएपछि उहाँले नै प्रहरीलाई खबर गर्नुभएको थियो । शंकास्पद भेटिएका दुवै जनालाई जिल्ला ल्याइन लागिएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताउनुभयो । ‘दुवै जनालाई एउटै कोठाबाट नियन्त्रणमा लिएका हौँ, जिल्ला ल्याइँदैछ’, उहाँले भन्नुभयो, ‘थप बुझ्छौँ, अहिले नै सबै कुरा भन्न सकिने अवस्था छैन, पार्टीको काम भएकाले सँगै कोठामा बसेको भन्नेछ ।’ रासस