लमजुङमा १ हजार १ सय हतियार दर्ता

लमजुङ – स्थानीय तह निर्वाचन नजिकिएसँगै शान्ति सुरक्षालाई मध्यनजर गर्दै लमजुङ प्रशासनले जिल्लामा इजाजतसहित लिइएका हतियार प्रहरीलाई बुझाउन आग्रह गरेको छ । ३० वैशाखमा हुने निर्वाचनलाई ख्याल गर्दै गृह मन्त्रालयको परिपत्र बमोजिम प्रशासन कार्यालयमार्फत सम्बन्धित व्यक्तिलाई आग्रह गरिएको हो । प्रशासनले चैत्र मसान्तभित्र हतियार बुझाउन आग्रह गरेको हो । निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण बनाउन […]