सुनसरी – सुनसरीका किसान अस्गर अली बालुवामा मोहर फलाउने ध्याउन्नमा लाग्नुभएकाे छ । उहाँकाे दैनिकी र लक्ष्य भनेकै कोसीकाे बाढीले बन्जर बनाएको जमिनमा फसल उब्जाउनु हो । कोसी गाउँपालिका ५ कुम्याहीकाे हुर्कीटोलका अली बालुवामा खेती गर्ने नमुना किसानसमेत हुनुहुन्छ । उहाँले यसअघिका बाली भने उठाइ सक्नुभएकाे छ । मनग्य आम्दानी गर्दै आएका अलीले यतिबेला १२ बिघाभन्दा बढी बालुवामा मौसमी खेतीलगायतका बाली लगाउनुभएकाे छ ।
गाउँपालिकाको सहयोगमा भारतकाे राजस्थान भ्रमण गरी सिकेको ज्ञानलाई व्यवहारमा उतारेका अलि यतिबेल...