कोरोना संक्रमणको जोखिमसँगै हाल मौसमी रुघाखोकी (इन्फ्लुएन्जा), स्क्रब टाइफस, निपाह भाइरस, सापूलगायतका अन्य संक्रमणजन्य रोगहरु पनि देखिन थालेका छन् । मौसम परिवर्तनसँगै किटजन्य तथा अन्य संक्रामक रोगहरुको जोखिम बढेको हो । संक्रमणजन्य रोगहरुको लक्षण प्राय: मिल्नाले पनि मानिसहरु सचेत हुनुपर्ने विज्ञहरुको भनाइ छ ।