सनराइज बैंकद्वारा कान्तिबाल अस्पताललाई सहयोग

सनराइज बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कान्तिबाल अस्पताललाई सहयोग स्वरुप बर्न वार्डका लागि आवश्यक डर्मेटोम मसिन एवं खाद्य सामग्रीहरु बैंकका सञ्चालक समितिका अध्यक्ष मोतीलाल दुगड तथा सञ्चालक ज्योतिकुमार बेगानीले संयुक्त रूपमा कान्ति बाल अस्पतालका निर्देशक गणेशकुमार राईलाई हस्तान्तरण गरे ।