इरानको युद्ध अभ्यासका क्रममा आएका दुईवटा अमेरिकी ड्रोन भगाएको दाबी

इरानले युद्धको तयारीका लागि अभ्यास गरिरहेको बेलामा उसको हवाई क्षेत्रमा आएका दुईवटा अमेरिकी ड्रोनहरू भगाएको दाबी गरेपछि दुई देशबीचको सम्बन्ध थप बिग्रिएको छ ।  ती दुई ड्रोन इरानका दुईवटा एयर डिफेन्स आइडेन्टिफिकेसन जोनमा प्रवेश गरेका थिए । इरानी वायुसेनाले तिनीहरूलाई इन्टरसेप्ट गर्ने भनी चेतावनी दिएपछि तिनीहरू अन्तै गएका थिए ।  उक्त घटनामा एमक्यू–९ रीपर ड्रोन र आरक्यू४प्लस ग्लोबल हक होर्मुज जलसन्धि नजिक पुगेका थिए । त्यसबेलामा इरानले जुल्फिकर १४०० युद्ध अभ्यास गरिरहेको थियो ।  खाडीमा इरानी सेन...