काठमाडौं : जनता समाजवादी पार्टीका दुवै पक्षले एकअर्कालाई गरेको कारबाही मान्य नहुने निर्वाचन आयोगले निर्णय गरेको छ।आइतबार बसेको आयोगको बैठकले दुवै पक्षले दाबी गरेजस्तो निर्णय गर्न कानुनसम्मत नहुने ठहर गरेको हो। आयोगले विज्ञप्ति जारी गरी राजनीतिक दल सम्बन्धी ऐन,२०७३ को दफा ५१ को व्यवस्थामा ‘पदाधिकारीको हेरफेर’ भन्ने शब्दावली रहेको तर पदाधिकारीको निष्कासन सम्मको अर्थभाव रुपमा प्रकट नगर्ने आयोगको ठहर छ।आयोगले विज्ञप्तिमा भनेको छ,‘एउटै दलका दुई अध्यक्षले सो दलका पदाधिकारीलाई दलबाट न