घरघरमा संक्रमित, छैन नियमन र अनुगमन, आरोप प्रत्यारोपमा तीनै तहका सरकार
काठमाडौं महानगरपालिका– ३२, कोटेश्वरमा कोठा भाडा लिएर बसिरहेका सुवास विक कोरोनाले थिलिएको तीन दिन बित्यो । एक्लै भएकाले उनको रेखदेख गर्ने कोही पनि छैनन् । कोरोनासँग लडिरहेका उनी राज्य नभएको अनुभूति गर्छन् ।