चिसोले हिल्सा प्रहरी चौकीका प्रहरी सदरमुकाम फिर्ता
नेपाल–चीन सीमा नाका हुम्लाको हिल्सामा खटिएका सुरक्षाकर्मी सदरमुकाम सिमकोट फिर्ता भएका छन्।हुम्लाको मुख्य नाका हिल्साबाट सुरक्षाकर्मीको टोली फिर्ता भएको हो ।
अत्यधिक चिसो बढेपछि हुम्ला–चीन सीमास्थित प्रहरी चौकी विस्थापित भएका छन् । नाम्खा गाउँपालिका–५ हिल्सा र ६ नम्बर वडाको लिमीका सीमा प्रहरी चौकीलाई गर्मी महिना सुरु नहुन्जेलसम्मका लागि सदरमुकाम सिमकोट स्थानान्तरण गरिएको हो ।