टर्कीमा काेइला खानी विष्फाेट: मृत्यु हुनेकाे संख्या ४१ पुग्याे

टर्कीको कोइला खानीमा विस्फोट हुँदा मृत्यु हुनेकाे संख्या ४१ पुगेकाे छ। आपतकालीन दलले दुर्घटनास्थलबाट अन्तिम शव निकालिसकेका छन्। राष्ट्रपति रेसेप तैयप एर्दोगान दुर्घटनास्थलमा पुगेका थिए। उनले यस दुर्घटनाकाे विशेष तरिकाले अनुसन्धान हुने बताए। विष्फाेटपश्चात् जम्मा ११ जनाकाे मात्र उद्दार गर्न सकिएकाे थियाे। विष्फाेटकाे कारण खुलेकाे छैन। मिथेन ग्यासकाे कारण विष्फाेट भएकाे अनुमान छ।