काठमाडौं । सानिमा बैंक संचालक समितिको अध्यक्षमा तुक प्रसाद पौडेल नियुक्त भएका छन् । बैंकको संचालक समितिको बैठकले उनलाई अध्यक्षमा चयन गरेको हो ।
बैंकको नवनियुक्त अध्यक्ष पौडेलले नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारीबाट सपथ ग्रहण गरेका छन् ।
पौडेल यसअघि पनि बैंकको संस्थापक समूहको तर्फबाट विगत ८ वर्षदेखि निरन्तर रुपमा संचालक...