स्थानीय तहका घरहरूको एकमुष्ट बीमा पोलिसी ल्याइँदै

काठमाडौं । बीमा समितिले बाढीपहिरोजस्ता प्राकृतिक विपत्तिलाई लक्षित गरेर घरहरूको एकमुष्ट रूपमा बीमा गर्ने कार्यक्रम ल्याउने भएको छ । विशेषगरी एक स्थानीय तहभित्रका घरहरूको एकमुष्ट रूपमा बीमा गर्न मिल्ने समितिले नीति ल्याउन लागेको हो । वर्षात्को समयमा बाढीपहिरोका कारण ठूलो मात्रामा आवास तथा जनधनको क्षति हुन थालेपछि समितिले त्यसलाई आर्थिक सुरक्षण दिने उद्देश्यले बेग्लै बीमा पोलिसी बनाउन लागेको हो । बीमा समितिले गत साउनदेखि नै यस सम्बन्धमा आवश्यक प्रक्रिया अगाडि बढाएको थियो । समितिले यसअघि बीमांकीय विश्लेषणमार्पmत त्यस्तो बीमाको व्यवसायमा हुने बीमाशुल्क दरलगायत विषयमा अध्ययन गरेको थियो । अहिले त्यस्ता प्राविधिक तयारी पूरा भएपछि समितिले आगामी आवको नीति तथा कार्यक्रममार्पmत उक्त नीति ल्याउन सरकारलाई प्रस्ताव गरेको हो । सरकारले नीति तथा कार्यक्रमबाट उक्त कार्यक्रम सार्वजनिक गरेपछि थप प्रक्रिया अगाडि बढाइने बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलको भनाइ छ । विशेषगरी स्थानीय सरकारसँगको सहकार्यमा त्यहाँको घरहरूको एकमुष्ट रूपमा बीमा गर्न मिल्ने गरी पोलिसी ल्याइने पौडेलले बताए । ‘हाल सञ्चालित सम्पत्ति बीमालेख निर्देशिकाअनुसार नै यस्तो बीमा गर्न सकिन्छ । तर, सरकारको सहयोग आवश्यक पर्ने देखिएपछि नीति तथा कार्यक्रममार्पmत नै यस्तो नीति ल्याउन लागिएको हो,’ उनले बताए । नीति तथा कार्यक्रममा आएपछि समितिले यस सम्बन्धमा थप निर्णय गर्नुपर्ने हुन्छ । त्यसपछि बीमा कम्पनीहरूले उक्त बीमाको व्यवसाय गर्न सक्नेछन् । घर तथा अन्य सम्पत्तिको सम्पत्ति र परिवारको सदस्यकोे दुर्घटना बीमासमेत एउटै प्याजेकमा बीमा गर्न सकिने गरी पोलिसी ल्याइने समितिको भनाइ छ । समितिका अनुसार स्थानीय तहसँगको सहकार्यमा यस्तो बीमा गर्न मिल्ने गरी बीमा पोलिसी बनाइनेछ । एउटा स्थानीय तहभित्र रहेका सम्पूर्ण आवास र नागरिकको एउटै प्याकेजमा बीमा गर्न मिल्नेगरी बीमालेखको खाका बनाइने पौडेलले बताए । यसमा स्थानीय सरकारले आफ्नो भूगोलभित्र रहेका सम्पूर्ण घर तथा अन्य सम्पत्तिको विवरण, त्यसको मूल्य र आम मानिसको विवरण पनि बीमा कम्पनीमा बुझाउनुपर्ने हुन्छ । त्यसपछि बीमा कम्पनीले त्यसको मूल्यांकन गरेर त्यस्तो बीमा गर्न सकिने समितिले बताएको छ । बीमाशुल्क भने स्थानीय तहले सहुलियतको रूपमा दिनेगरी व्यवस्था पनि गर्न सकिने बताइएको छ । त्यसको लागि नै यसलाई नीति तथा कार्यक्रममार्पmत ल्याउन लागिएको समितिको भनाइ छ । यद्यपि, यस्तो बीमा स्थानीय तहहरूलाई बाध्यकारी नहुने समितिले बताएको छ । बाढीपहिरोका कारण घरहरूमा क्षति पुगेमा सम्बद्ध घरधनीले बीमा दाबी पाउनेछन् । साथै घाइते वा मृत्यु भएमा पनि भुक्तानी दिने व्यवस्था गरिने समितिले बताएको छ । मुलुकभर बाढीले पुर्‍याएको क्षतिलाई दृष्टिगत गर्दै यस्तो बीमा कार्यक्रम ल्याउन लागिएको पौडेलले बताए । ‘गतवर्ष पनि बाढीपहिरोका कारण ठूलो मात्रामा जनधनको क्षति भयो । बीमा गरेको भए पीडित पक्षले बीमामार्फत आर्थिक रूपमा राहत पाउने थिए,’ उनले भने, ‘आगामी दिनमा यस्तो विपद् आए पनि आर्थिक रूपमा समस्या नहोस् भन्ने उद्देश्यले यस्तो कार्यक्रम ल्याउन लागेका हौं ।’ उक्त कार्यक्रमले स्थानीय तहलाई पनि फाइदा हुने उनको भनाइ छ । ‘केही विपत् प¥यो भने आम मानिस पहिला जनप्रतिनिधि अर्थात् स्थानीय सरकारको शरणमै पुग्ने हुन् । स्थानीय सरकारलाई तत्कालका लागि राहत दिन त सहजै होला । तर, दीर्घकालीन व्यवस्थापन गर्न उनीहरूलाई पनि समस्या हुन सक्छ,’ उनले भने, ‘त्यसैले यस प्रकारको बीमाको दायरामा आउँदा स्थानीय सरकारलाई धेरै सहज हुन्छ ।’ तसर्थ, यस कार्यक्रमलाई सरकारले उचित प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने उनको भनाइ छ । समितिले हरेक आर्थिक वर्षमा बीमा नीति ल्याउन दिन पनि प्रस्ताव दिएको छ । अहिले नेपाल राष्ट्र बैंकले हरेक वर्ष मौद्रिक नीति ल्याउँदै आएको छ ।

सम्बन्धित सामग्री

किन बढ्दैछ बीमा सरेण्डर ?

पछिल्ला महिनामा बीमा पोलिसी परित्याग (सरेण्डर) गर्नेको संख्या बढ्दो क्रममा देखिएको छ । जीवन बीमा पोलिसी खरिद गरेर तोकिएको अवधि पूरा नभई छाड्नेको संख्या बढेको नियामक निकाय बीमा प्राधिकरणको तथ्यांकले देखाएको हो । प्राधिकरणका अनुसार गत वैशाखमा मात्रै जीवन बीमा कम्पनीबाट एक अर्ब ३० करोड ८६ लाख रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको छ । चैत […]

एक महिनामै अर्ब बढीको बीमा पोलिसी त्याग

चालु आर्थिक वर्षको चैतसम्ममा बीमितहरूले साढे ९ अर्ब रुपैयाँभन्दा बढीको बीमा पोलिसी त्याग गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार चालु आवको चैतसम्ममा जीवन बीमा कम्पनीका बीमितहरूले ९ अर्ब ६७ करोड ५६ लाख रुपैयाँ बराबरको ६५ हजार ८५० वटा बीमालेख सरेण्डर गरेका हुन् । अर्थतन्त्रमा शिथिलता आएसँगै पोलिसी समर्पण (त्याग) गर्नेको संख्या बढ्दै गएको प्राधिकरणले […]

आईएमई पेबाट बीमा नवीकरण गरी शतप्रतिशत 'क्यासब्याक' जित्ने मौका

काठमाण्डाै – आईएमई पेबाट अब घरमै बसी सहजै आफ्नो बीमा पोलिसी नवीकरण गर्न सकिने भएको छ । आईएमई पेको बीमा सेवाको प्रयोग गरी केही मिनेटमै ग्राहकले आफ्नो बीमा पोलिसी नवीकरण गर्न सक्नेछन् । याे सेवाअन्तर्गत आईएमई लाइफ, एसियन लाइफ, अजोड इन्सुरेन्स लगायत अन्य विभिन्न इन्सुरेन्स कम्पनीहरूको बीमा पोलिसी नवीकरण गर्न मिल्ने आईएमईले जनाएकाे छ ।  लामो लाइन तथा अन्य झन्झटबाट ग्राहकलाई जोगाई सजिलै बीमा नवीकरण गर्ने उद्देश्यका साथ आईएमई पेबाट इन्सुरेन्स पोलिसीहरूको नवीकरण गर्ने सुविधा उ...

आईएमई पेबाट आईएमई लाइफको बीमा पोलिसी नवीकरण गर्न सकिने

आईएमई पेले प्रदान गर्ने बीमा सेवा भुक्तानी अन्तर्गत अब सेवाग्राहीहरूले आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको बीमा पोलिसी नवीकरण गर्न सक्ने भएका छन् । सेवाग्राहीहरूले आईएमई पे एप डाउनलोड गरी आईएमई पे एप मार्फत ‘इन्स्योरेन्स’ को ‘पे प्रिमियम’ मा गई ‘आईएमई लाइफ नवीकरण’ क्लिक गरी मागिएको विवरण प्रदान गरी केही सेकेन्डमै आफ्नो पोलिसी नवीकरण गर्न सक्ने बताइएको छ । उक्त...

बीमा पोलिसी समर्पण

चालू आर्थिक वर्षमा बीमा पोलिसी समर्पण गर्नेको संख्या ठूलो देखिएको छ । आर्थिक संकट बढेका कारण समर्पण गर्नेको संख्या बढेको बीमा कम्पनीहरूको भनाइ रहे पनि विगतका वर्षमा पनि यही परिमाणमा समर्पण भएको देखिन्छ । समर्पण दर नघटाउने हो भने बीमाको उद्देश्य पूरा हुन सक्दैन । बीमा जोखिमको रक्षावरण हो । त्यसैले जोखिम भइहाले क्षतिपूर्ति पाइने भएकाले बीमालाई सबैजसो मुलुकले उच्च प्राथमिकतामा राखेको पाइन्छ । तर, नेपालमा भने जोखिमबाट बच्नभन्दा पनि ‘फोर्स सेभिङ’का लागि जीवन बीमा गर्ने प्रवृत्ति अलि बढी देखिन्छ । बीमा अभिकर्ताहरूले जोखिम पक्षबारे पर्याप्त जानकारी दिएर भन्दा पनि बीमाबाट पैसा जम्मा हुने जस्ता कुरा गरेर पोलिसी बेच्ने गरेको पाइन्छ । त्यस्तै बीमकको आम्दानीअनुसार बीमा पोलिसी विक्री गर्नुपर्नेमा अभिकर्ताहरूले कमिशनको लोभमा बढी रकमको पोलिसी विक्री गर्दा पनि समस्या भएको देखिन्छ । सबै बीमा कम्पनीको प्रिमियम समान छैन तर अभिकर्ताले यो पक्षबारे बीमितलाई राम्ररी बुझाउँदैनन् । बीमा विश्वासको व्यवसाय हो । त्यसैले बीमितलाई सही जानकारी दिएर बीमा गराउँदा समर्पण गर्नेको संख्या कम हुन्छ । समस्यामा परेका बीमितलाई कम ब्याजदरमा कर्जा दिएर पनि पोलिसी समर्पण रोक्न सकिन्छ । पोलिसी समर्पण गर्दा पनि जम्मा गरेको रकम जति नपाउने अवस्था छ, यद्यपि यस्तो अभ्यास संसारभरिकै हो । तर, बीमाप्रति अझै पनि स्पष्टता आउन नसकेको अवस्था छ । नेपालका बीमा कम्पनीहरूले पोलिसी समर्पण गर्दा थोरै मात्र रकम कटौती गर्ने हो भने यसले बीमाप्रति विश्वास बढाउने काम गर्छ । बीमा पोलिसी समर्पण कम गराउन बीमितलाई आवश्यक सचेतनाको साथै विकल्प दिनुपर्छ । त्यस्तै बीमा कम्पनीहरूले जारी गर्ने राम्रा पोलिसीबारे पनि बीमितलाई पर्याप्त मात्रामा बुझाउन आवश्यक हुन्छ । उदाहरणका लागि बीमा कम्पनीहरूले निश्चित अवधिसम्म रकम तिरेपछि बाँकी अवधिका  लागि पैसा नतिरीकनै वा तिरे पनि बीमा कम्पनीले फिर्ता गरेको रकमबाट प्रिमियम तिर्ने पोलिसी जारी गरेका हुन्छन् । तर, यस्ता पोलिसीबारे धेरैलाई थाहा नभएको देखिन्छ । यस्ता पोलिसीबारे पनि सर्वसाधारणसमक्ष जानकारी पुर्‍याउन सक्ने हो भने समर्पणको मात्रा घट्नसक्छ ।

एनएलजी बीमा पोलिसी ई–बीमाबाट खरिद गर्न सकिने

काठमाडौं । डिजिटल बीमा सेवा प्रदायक ई–बीमाबाट एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा पोलिसी खरिद गर्न सकिने भएको छ । एनएलजी इन्स्योरेन्स र ई–बीमाबीच सम्झौता भएसँगै उक्त बीमा पोलिसी अनलाबाटै खरिद गर्न सकिने भएको हो । उक्त सम्झौतामा ई–बीमाको तर्फबाट प्रबन्ध निर्देशक रोशन ज्ञवाली र एनएलजी इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले हस्ताक्षर गरे […]

एनएलजी इन्स्योरेन्सको बीमा पोलिसी विद्युतीय प्लेटफर्ममा

काठमाडौं । ओएसआर फिन्टेकले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका बीमा पोलिसीहरुका लागि विद्युतीय प्लेटफर्म उपलब्ध गराउने भएको छ । ओएसआर फिन्टेकले इन्स्योरेन्स एग्रेगेटरका रुपमा एनलएलजीको बीमा पोलिसीका लागि विद्युतीय प्लेटफर्म उपलब्ध गराउनुका साथै बीमा ब्रोकरको रुपमा कम्पनीको पोलिसीको मार्केटिङ गर्ने सहमति भएको जनाएको छ । सम्झौतामा एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त र ओएसआर […]

म्यारिज एनिभर्सरीको उपहारमा एकअर्कालाई ५०–५० लाखको बीमा पोलिसी

बैबाहिक जीवनको आफ्नो २७ औं बर्ष पुरा गर्दै गरेका एक उदाहरणीय जोडीले एक अर्कालाई बिमा पोलिसी उपहार दिई खुशी साटासाट गरेका छन् । बुटवल ३, रुपन्देही  बस्ने  अधिवक्ता सागर मणि पोखरेल र  शिक्षक  कमला ज्ञवालीले एक कार्यक्रमका बीच २७ औं बैबाहिक वर्षको उपहार एक अर्कालाई  ५०–५० लाखको जीवन बीमा पोलिसी उपहार दिएका हुन् ।  लामो समयदेखि समाजसेवा गर्दै आएका पोखरेल पेशाले अधिवक्ता तथा सफल सहकारी तथा बैंकर हुन् भने श्रीमती ज्ञवाली शिक्षण पेसामा रहेकी छिन् । त्यसो त जीवन

उधारोमा बीमा पोलिसी विक्री नगर्न निर्देशन

काठमाडौं । बीमा समितिले कम्पनीहरूलाई उधारोमा बीमा पोलिसी विक्री नगर्न निर्देशन दिएको छ । बीमा कम्पनीहरूमा उधारोमा समेत बीमा पोलिसी विक्री गर्ने प्रवृत्ति बढेपछि समितिले हालै यस्तो निर्देशन जारी गरेको हो । समितिले निर्जीवन र जीवन बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृतहरूको नाममा निर्देशन जारी गरेर यस्तो निर्देशन दिएको हो । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरूलाई उधारोमा बीमा पोलिसी विक्री नगर्न निर्देशन दिएको बताए । कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूलाई नै यस विषयमा बढी चनाखो हुन भनिएको उनको भनाइ छ । ‘निरीक्षणको क्रममा जीवन तथा निर्जीवन दुवै कम्पनीले उधारोमा बीमा पोलिसी विक्री गरेको पाइयो, जुन बीमा ऐनकै विपरीत हो,’ उनले भने, ‘हामीले २ महीनाअघि पनि कम्पनीहरूलाई उधारोमा बीमा पोलिसी विक्री नगर्न आन्तरिक रूपमा परिपत्र जारी गरेका थियांै । तर, यो प्रवृत्ति नरोकिएपछि अहिले कम्पनीका सीईओहरूलाई यस विषयमा चनाखो हुनु भन्दै निर्देशन नै जारी गरेका हौं ।’ विशेषगरी असार महीनामा बढी मात्रामा उधारोमा बीमा पोलिसी विक्री हुने गर्छ । आर्थिक वर्षको अन्तिम महीना भएकाले लक्ष्य पूरा गर्न असार महीनामा उधारोमा बीमा पोलिसी गर्ने गरेको पाइन्छ । त्यही कारणले यस विषयमा बीमा कम्पनीहरूलाई थप निर्देशन दिइएको अध्यक्ष सिलवालको भनाइ छ । बीमा ऐनअअनुसार कुनै पनि कम्पनीले बीमाशुल्क प्राप्त नभएसम्म बीमा जोखिम स्वीकार गर्नु हुँदैन । कम्पनीले बीमाशुल्क प्राप्त गरेपछि मात्र बीमा गरेको मानिनेछ । तर, कम्पनीहरूले ऐनविपरीत उधारोमा बीमा पोलिसी विक्री गरेको समितिको विभिन्न निरीक्षण तथा अनुगमनले देखाएको थियो । बीमा ऐनले रोके पनि उधारो बीमा गर्ने र चेक नसाटिँदै बीमालेख जारी गर्नेजस्ता गतिविधिहरू बीमा कम्पनीहरूबाट भएको समितिको दाबी छ । बीमा समितिमा यससम्बन्धी उजुरी पनि आएको बताइएको छ । त्यसपछि समितिले यस विषयमा थप कदम उठाएको हो । अब यस्ता विषयमा कम्पनीहरूका सीईओ नै बढी जिम्मेवारी हुनुपर्ने समितिको निर्देशन छ । साथै, अबका दिनमा बीमाशुल्क बापतको पैसा प्राप्त भएपछि, चेकको रकम बैंक खातामा प्राप्त भएपछि मात्र कम्पनीहरूले बीमा पोलिसी जारी गर्नुपर्ने समितिको निर्देशन रहेको छ । साथै, अबका दिनमा उधारोमा बीमा पोलिसी जारी गरेको पाइएमा कानूनअनुसार कारबाही गरिने समितिको भनाइ छ ।

शिखर इन्स्योरेन्सकाे च्याटबट सेवा : घर बसीबसी बीमा पाेलिसी लिन सकिने

कम्पनीका अनुसार घर वा कार्यालयमा बसीबसी च्याटबटमार्फत शिखर इन्स्योरेन्सका बीमा पोलिसी लिन सकिन्छ