तेस्रो पटकको प्रयासमा संविधानको धारा १६८ (५)ले साथ दियो गण्डकी प्रदेशमा पोखरेललाई

पोखरा। तेस्रो पटकको प्रयास सफल हुँदै अन्ततः गण्डकी प्रदेशमा नेपाली काङ्ग्रेस गण्डकी प्रदेशका दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको मुख्यमन्त्रीमा सपथ लिएका छन्। मुख्यमन्त्री बन्ने उनको यो तेस्रो पटकको प्रयास सफल भएको हो। यस अघि विपक्षी गठबन्धनले राखेको अविश्वासको प्रस्ताव र निर्वतमान मुख्यमन्त्रीले राजिनामा दिएपछि सरकार बनाउन गरेको प्रयास विफल भएको थियो।