पाठ्यक्रममा रमिता छ

खमी (राजा), अमात्य (मन्त्री), सुहृत् (मित्र), कोष (ढुवुटी), राष्ट्र (देश), दुर्ग (किल्ला) र बल (फौज) भएपछि राज्यको गठन हुन्छ भन्ने हाम्रो प्राचीन परम्परा छ । अर्को शब्दमा मुलुक हाँक्न राजा चाहियो, राजासँगै बसेर काम गर्ने मन्त्री हुनुपर्‍यो, मुलुकमा परचक्रीले हमला गर्दा ऊसँग लड्न मदत गर्ने मित्रराष्ट्र हुनुपर्‍यो, मुलुकको खर्च धान्न ढुकुटी हुनुपर्‍यो, भूभाग नभई मुलुकको अस्तित्व नहुने हुनाले राष्ट्र त हुनैफर्‍यो, शत्रुको आव्रमणबाट मुलुक जोगाउन किल्ला र शत्रुसँग लड्न फौज पनि चाहिने नै भयो । यसरी यी सात तत्त्वको सन्तुलनबाट राज्य खडा हुने हुनाले सप्ताङ्ग राज्य भन्ने हाम्रो पुरानो चलन छ । तर, राज्य चलाउन भाषा पनि अवश्य चाहिने भए पनि हाम्रा नीतिकारले भाषाको विषयमा किन चर्चा गरेनन् भन्ने मलाई लाग्छ ।