काठमाडौ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धनको सरकार कायमै रहिरहे मुलुक एक वर्षमा श्रीलंकाजस्तो बन्ने दाबी गरेका छन्। शनिबार काठमाडौंमा आयोजना एक कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले जतनलाई महँगी र भ्रष्टाचार उपहार दिएको टिप्पणी गरेका हुन्।उनले भने, ‘वर्तमान गठबन्धनको सरकार रहिरहे अबको एक वर्षमा देश श्रीलंकाको बाटोमा पुग्छ। हामीले सरकार छाड्दा मूल्य वृद्धिदर ३.६ प्रतिशत थियो। अहिले ८.५६ प्रतिशत पुगेको छ। जनताको जीवन कष्टकर बनेको छ। गठबन्धन सरकारको जनतालाई म