काठमाडौं: डा.गोविन्द केसीसँगको सहमतिपछि अगाडि बढेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ माथि संसदमा सैद्धान्तिक छलफल भएको छ।
आजको प्रतिनिधि सभाको बैठकमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राखेका थिए।
उक्त प्रस्तावमाथि सांसदहरुले सैद्धान्तिक छलफल गरेका थिए। सैद्धान्तिक छलफलपछि विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको