विद्यालयमै विद्यार्थी असुरक्षित, शिक्षकबाटै संविधानविपरीत यातना

काठमाडौं : म्याग्दीको बेनीस्थित प्रकाश माविका लेखा विषय पढाउने शिक्षक नवीन घिमिरेले गत शुक्रबार कक्षा–१० मा अध्ययनरत १७ वर्षीय राजन पौडेललाई कुटपिट गरे। पीडित पौडेलका अनुसार बिना कारण शिक्षक घिमिरेले कक्षा कोठामै पाइपले नीलडाम र चोट पर्ने गरी टाउको र ढाडमा पिटेका थिए।बोल्न र सास फेर्न गाह्रो भएपछि उनलाई शनिबार साँझ बेनी अस्पतालमा लगेर एक्सरे र स्वास्थ्य परीक्षण गरियो। पीडित पौडेलकी दिदी मनकुमारी सुवेदीका अनुसार परीक्षणमा बेनी अस्पतालका चिकित्सकले करङ भाँचिएको पुष्टि गरेर आराम गर्न सल्