भौगोलिक रुपमा विकट हिमाली जिल्ला मनाङको मेरुदण्डको सडकखण्ड बेँसीशहर–चामे मर्मत गर्नै सकस भएको छ । बाढीपहिरोले क्षति पु¥याएको सडक खण्डको समयमा मर्मत गर्न सकिएको छैन । सडक मर्मत सम्भारका क्रममा वैकल्पिक सडक नहुँदा मनाङमा सामग्री ढुवानीमा समस्या हुने गरेको छ । भुलभुले, निगालो घारी, बगरछाप, दानाक्यु, एक्लोभट्टीलगायतका बढी जोखिम भएका क्षेत्रमा सडक मर्मतको काम गरिरहेको अवस्थामा वर्षामा समस्या भएको डुम्रे–बेँसीशहर–चामे सडक योजना कार्यालयका प्रमुख इञ्जिनीयर अच्युत विलास पन्तले