अर्मेनियाको रात्रि क्लबमा आगलागी, १६ जनाको मृत्यु

अर्मेनियाको राजधानी शहर याउन्देको एक रात्रि क्लबमा आगलागी हुँदा कम्तीमा १६ जनाको ज्यान गएको छ । अर्मेनियाका सूचना मन्त्रीले आइतवार भएको सो आगलागीमा परी कम्तीमा पनि १६ जनाको ज्यान गएको जानकारी दिएका छन् ।  आइतवार राति सो दुर्घटना भएको बताइएको छ । रात्रि क्लबमा खचाखच मानिसहरू रहेका बेला सो क्लबमा आगो लागेको बताइएको छ । 'सो आगलागीबाट १६ जनाको ज्यान गएको र अरू आठ जना घाइते भएका छन् । घाइतेहरूको शरीर जलेको र उनीहरूको अवस्था पनि गम्भीर रहेको छ,' मन्त्री रेने इमानुयल सादीले भने ।  मन्त्री सादी...