माझफाल – यार्चा पर्यटन गन्तव्य

माझफाल उपत्यका । चारैतर्फ हिमालै हिमालले घेरेको ठाउँ । हिमाली घेराभित्र रहनाले बाहिरी संसारले चियाउन समेत पाएको छैन । लुकेर रहेको कुरा जस्तै रहस्यमयी आकर्षण यो क्षेत्रको पर्दा खुल्ने बित्तिकै रोमाञ्चक हिमाली दृश्य, पहाडका पाखापखेरा, खोलानाला र भञ्ज्याङले पर्यटकलाई स्वागत गर्नेछन् । स्थानीय अर्गानिक स्वादले जिब्रो मात्र होइन मनै आनन्दित बनाउनेछ भने रैथाने संस्कृतिले त्यहाँबाट […]