ब्रोकर नम्बर ६१ मार्फत हुने सेयर खरिद-बिक्री सेटलमेन्टको भुक्तानी इसेवाबाटै गर्न सकिने

भोले गणेश सेक्युरिटिज लिमिटेड (ब्रोकर नम्बर ६१) मार्फत हुने सेयर खरिद-बिक्री सेटलमेन्टको भुक्तानी इसेवामार्फत गर्न सकिने भएको छ । यसका साथै भोले गणेश सेक्युरिटिजको मेरो सेयर र डिम्याट खाता नविकरण शुल्क भुक्तानी पनि इसेवा मार्फत गर्न सकिन्छ।  यस सम्झौताले लगानीकर्ताहरुलाई भोले गणेश सेक्युरिटिज (ब्रोकर नम्बर ६१) बाट गरेको सेयर खरिद-बिक्रीको सेटलमेन्ट गर्न थप सहज...

सम्बन्धित सामग्री

सन सेक्युरिटीजको कारोबारमा इसेवाबाट भुक्तानी

काठमाडौं– भुक्तानी सेवा प्रदायक इसेवाबाट सन सेक्युरिटीज प्राइभेट लिमिटेडमार्फत हुने सेयर खरिद–बिक्री सेटलमेन्टको भुक्तानी गर्न सकिने भएको छ । यसका साथै सन सेक्युरिटिजको मेरो सेयर र डिम्याट खाता नवीकरण शुल्क भुक्तानी पनि इसेवामार्फत गर्न सकिन्छ । यस सम्झौताले लगानीकर्ताहरुलाई सन सेक्युरिटिज (ब्रोकर नम्बर ६४) बाट गरेको सेयर खरिद–बिक्रीको सेटलमेन्ट गर्न थप सहज हुने कम्पनीको विश्वास […]

सन सेक्युरिटीजको कारोबारमा इसेवाबाट भुक्तानी

काठमाडौं– भुक्तानी सेवा प्रदायक इसेवाबाट सन सेक्युरिटीज प्राइभेट लिमिटेडमार्फत हुने सेयर खरिद–बिक्री सेटलमेन्टको भुक्तानी गर्न सकिने भएको छ । यसका साथै सन सेक्युरिटिजको मेरो सेयर र डिम्याट खाता नवीकरण शुल्क भुक्तानी पनि इसेवामार्फत गर्न सकिन्छ । यस सम्झौताले लगानीकर्ताहरुलाई सन सेक्युरिटिज (ब्रोकर नम्बर ६४) बाट गरेको सेयर खरिद–बिक्रीको सेटलमेन्ट गर्न थप सहज हुने कम्पनीको विश्वास […]

भोले गणेश सेक्युरिटीजबाट खरिद–बिक्री गर्दा इसेवाबाट भुक्तानी

काठमाडौं– भुक्तानी सेवा प्रदायक इसेवाबाट भोले गणेश सेक्युरिटिज लिमिटेडमार्फत हुने सेयर खरिद–बिक्री सेटलमेन्टको भुक्तानी गर्न सकिने भएको छ । यसका साथै भोले गणेश सेक्युरिटिजको मेरो सेयर र डिम्याट खाता नविकरण शुल्क भुक्तानी पनि इसेवामार्फत गर्न सकिन्छ । यस सम्झौताले लगानीकर्तालाई भोले गणेश सेक्युरिटीज (ब्रोकर नम्बर ६१) बाट गरेको सेयर खरिद–बिक्रीको सेटलमेन्ट गर्न थप सहज हुने […]

शेयर खरिद गरेको पैसा अबदेखि इसेवा मार्फत भुक्तानी

सेयर खरिद विक्री गर्ने व्यक्तिहरुले ब्रोकरको टिएमएस मार्फत खरिद गरेको सेयरको रकम इसेवाबाटै भुक्तानी गर्न सकिने भएको छ । हाल यो सेवा ३५ वटा भन्दा बढि ब्रोकरहरुमा उपलब्ध रहेको र केही दिनमै बाँकी ब्रोकरहरुमा उपलब्ध हुने ईसेवाले जनाएको छ । ईसेवाका अनुसार इसेवामार्फत रकम भुक्तानी गर्दा आगामी कार्तिक महिनासम्म कुनै अतिरिक्त शुल्क लाग्ने छैन । लगानीकर्ताहरुले आफ्नो मोबाईल मार्फत सहजै रकम भुक्तानी गर्न सकिनेछ भने नजिकको इसेवाका जोन पोइन्ट मार्फत समेत रकम भुक्तानी गर्न सक्ने छन्। यसले गर्दा आम लगानीकर्तालाई रकम भुक्तानीकै लागी ब्रोकर कार्यालयसम्म धाउनुपर्ने झञ्झटबाट मुक्ति मिल्ने ईसेवाको विश्वास छ । यो कारोबार रियलटाइममा हुने हुनाले ब्रोकर र लगानीकर्ता दुबैलाई सहज हुने ईसेवाले जनाएको छ ।  लगानीकर्ताले इसेवामा रहेको टिएमएसमा क्लिक गरि फण्ड म्यानेजमेन्टमा जानुपर्ने छ । त्यसपछि कोलाटरोल (आफुले तिर्ने रकम) उल्लेख गरि पठाउन चाहेको बैंक छानेर सहजै रकम पठाउन सकिनेछ । टिएमएसमा रकम पठाउन सकिने विषयमा इसेवाका विजनेस हेड आशिष गौतमले भने “ आर्थिक स्वाधिनतातिर लम्किरहेको समाजले सरल र सहज तरिकाले सेयर बजारको दोस्रो बजारमा करोबार गर्न मिल्ने गरि टिएमएसमा इसेवा जोडिएको छ । इसेवाले पनि आफ्नो दायरा फराकिलो बनाउँदै आम लगानीकर्तालाई सहज हुने किसिमका सेवा थप गर्दै गइरहेको छ ”। इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५२ लाख र आइओस् मोबाईलमा करिब १० लाख गरि ६० लाख बढि ग्राहकलाई एप्स् मार्फत सेवा प्रदान गरिरहेको छ ।

निषेधाज्ञामा पनि शेयर बजार खुल्लै रहने, ढुक्क भएर कारोबार गर्न नेप्सेको अपिल

काठमाडौं उपत्यकामा बिहीवारदेखि लागू हुने निषेधाज्ञाका बीच पनि शेयर बजार भने खुलै रहने भएको छ ।  पछिल्लो समय शेयर बजारमा अनलाइन कारोबार बढ्दै गएको अवस्थामा निषेधाज्ञामा पनि शेयर बजार खुल्लै राखिने नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले लोकान्तरलाई जानकारी दिए ।  घरमै बसेर अनलाइनबाट सेयर खरिद गर्न सकिन्छ । शेयर खरिद बिक्री वापतको लिनु वा दिनु पर्ने भुक्तानी पनि कनेक्ट आईपीएसबाट सिधै बैंक खातामा जम्मा गर्न सकिने भएकाले बजार बन्द गर्नु नपर्ने नेप्सेको भनाइ छ   ।  ब्रोकर कार्यालयहरूम...