वीर अस्पतालको नयाँ भवनलाई कोरोना अस्पताल बनाउने तयारी

उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंको वीर अस्पतालको नवनिर्मित भवनलाई ५०० शय्याको कोभिड–१९ विशेष अस्पताल बनाउने विषयमा छलफल गरेका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले आइतवार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा मुख्यसचिव शंकरदास बैरागी, सीसीएमसी हेर्ने प्रधानमन्त्री कार्यालयका सचिव खगराज बराल र वीर अस्पतालका प्रतिनिधिसँग अस्पतालको नवनिर्मित भवनलाई कोरोना भाइरसका बिरामी उपचार गर्ने गरी प्रयोग गर्ने विषयमा छलफल गरेका उनका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकार...