नवनियुक्त रक्षामन्त्री डा. मीनेन्द्र रिजालले प्रदेश १ र बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) लाई मुख्यमन्त्री दिनुपर्ने बाध्यता रहेको बताएका छन् ।
गृह जिल्ला मोरङ आएका रिजालले विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सत्ता साझेदार भएकाले बाध्यताका कारण मुख्यमन्त्री दिनुपर्ने बताएका हुन् ।
एउटा मन्त्रीसँग दुईवटा मन्त्री साट्नु भएको भन्ने प्रश्नमा उनले भने, ‘मन्त्रीसँग मुख्यमन्त्री साटिएको होइन, शक्ति सन्तुलन गरेको हो ।’