अध्यागमन विभागले सच्यायो अनअराइभल भिसाका लागि नगद बोक्नुपर्ने नियम

६ वैशाख, काठमाडौं । चर्को आलोचनापछि सरकारले अनअराइभल भिसा लिएर नेपाल आउने पर्यटकलाई नगद डलर बोक्नु पर्ने गरी ल्याएको नियम सच्याएको छ । गृह मन्त्रालय मातहतको अध्यागमन विभागले एक सूचना प्रकाशित गरी यस्तो जानकारी गराएको छ । विभागकाअनुसार विदेशी नागरिकले तिर्नुपर्ने भिसा शुल्कको भुक्तानी गर्न नगद नै बोक्नु पर्ने डलर अब विद्युतीय माध्यमबाट समेत तिर्ने […]

सम्बन्धित सामग्री

‘अन अराइभल भिसा’ का लागि नगद बोक्नुपर्ने प्रावधान खारेज

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट नेपाल आउने विदेशी पर्यटकहरूले विमानस्थलबाटै पाउने ‘अन अराइभल भिसा’ का लागि नगद रकम बोक्नुपर्ने प्रावधान हाललाई खारेज गरिएको छ । विमानस्थल अध्यागमन कार्यालयले केही दिनअघि विद्युतीय भुक्तानी सेवामा समस्या आएको भन्दै पर्यटकहरूलाई ‘अन अराइभल भिसा’ का लागि नगद २०० अमेरिकी डलर साथमा ल्याउनुपर्ने सूचना प्रकाशित गरेको थियो । उक्त सूचनाको चौतर्फी विरोध भएपछि हाललाई नगदै बोकेर आउनुपर्ने प्रावधान खारेज भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलको अध्यागमन कार्यालयमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम मेशिन सोमवार जडानको काम शुरू भइसकेको र अब पर्यटकहरूले अनअराइभल भिसाका लागि नगदै बोकेर आउनुपर्ने प्रावधान हटाइएको विमानस्थलका प्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए । विमानस्थलले अनअराइभल भिसाका लागि नगद बोक्नुपर्ने प्रावधान हटाएपछि नेपाल आउने विदेशी पर्यटकका लागि सहज हुने अपेक्षा लिइएको छ । विमानस्थलको अध्यागमन कार्यालयका अनुसार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा विदेशी पर्यटकको सहजताका लागि भन्दै राष्ट्रिय वाणिज्य बैंकका दुईवटा एटीएम मेशिन र दुईवटा पीओएस मेशिन थप गर्न लागिएको छ । यसअघि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा प्रभु बैंकको एउटा एटीएम मेशिन मात्रै भएको र उक्त मेशिनले मास्टर कार्ड रिड गर्न छाडेपछि समस्या आएको थियो । अनअराइभल भिसाका लागि विद्युतीय भुक्तानीमा देखिएको समस्या समाधानका लागि यात्रु प्रस्थान कक्षमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम मेशिन राखिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । रासस

‘अन अराइभल भिसा’ का लागि नगद बोक्नुपर्ने प्रावधान खारेज

विमानस्थल अध्यागमन कार्यालयले केही दिनअघि विद्युतीय भुक्तानी सेवामा समस्या आएको भन्दै पर्यटकहरुलाई ‘अन अराइभल भिसा’ का लागि नगद २०० अमेरिकी डलर साथमा ल्याउनुपर्ने सूचना प्रकाशित गरेको थियो।...

‘अन अराइभल भिसा’ का लागि नगद बोक्नुपर्ने प्रावधान खारेज

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउने विदेशी पर्यटकहरुले विमानस्थलबाटै पाउने ‘अन अराइभल भिसा’ का लागि नगद रकम बोक्नुपर्ने प्रावधान हाललाई खारेज गरिएको छ ।

‘अन अराइभल भिसा’ का लागि नगद बोक्नुपर्ने प्रावधान खारेज

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउने विदेशी पर्यटकहरुले विमानस्थलबाटै पाउने ‘अन अराइभल भिसा’ का लागि नगद रकम बोक्नुपर्ने प्रावधान हाललाई खारेज गरिएको छ ।

‘अन अराइभल भिसा’का लागि नगद बोक्नुपर्ने प्रावधान खारेज

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउने विदेशी पर्यटकहरूले विमानस्थलबाटै पाउने ‘अन अराइभल भिसा’का लागि नगद रकम बोक्नुपर्ने प्रावधान हाललाई खारेज गरिएको छ । विमानस्थल अध्यागमन कार्यालयले केही दिनअघि विद्युतीय भुक्तानी सेवामा समस्या आएको भन्दै पर्यटकहरूलाई ‘अन अराइभल भिसा’का लागि नगद २०० अमेरिकी डलर साथमा ल्याउनुपर्ने सूचना प्रकाशित गरेको थियो ।...

विदेशी पर्यटकले ‘अन अराइभल भिसा’ का लागि नगद बोक्नुपर्ने प्रावधान खारेज

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउने विदेशी पर्यटकहरुले विमानस्थलबाटै पाउने ‘अन अराइभल भिसा’ का लागि नगद रकम बोक्नुपर्ने प्रावधान हाललाई खारेज गरिएको छ । विमानस्थल अध्यागमन कार्यालयले केही दिनअघि विद्युतीय भुक्तानी सेवामा समस्या आएको भन्दै पर्यटकहरुलाई ‘अन अराइभल भिसा’ का लागि नगद २०० अमेरिकी डलर साथमा ल्याउनुपर्ने सूचना प्रकाशित गरेको थियो ।उक्त सूचनाको चौतर्फी बिरोध भएपछि हाललाई नगदै बोकेर आउनुपर्ने प्रावधान खारेज भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्

पर्यटकले नगद बोक्नुपर्ने,  व्यवसायी भन्छन्, 'निकम्मा कार्यप्रणाली'

कोभिड–१९ पछि खस्केको पर्यटन व्यवसाय बिस्तारै लयमा फर्किँदैछ । वातावरण अनुकूल भएसँगै विदेशी पर्यटक धमाधम नेपाल भित्रिन थालेका छन् । अध्यागमन विभागका अनुसार पछिल्लो तीन महिनामा मात्रै झण्डै सवा लाख विदेशी पर्यटक नेपाल भित्रिसकेका छन् ।सन् २०२२ को जनवरीदेखि अप्रिल १६ सम्ममा एक लाख ११ हजार ७०१ जना विदेशी पर्यटक नेपाल भित्रिसकेको विभागले जनाएको छ । जबकि यस्तो सङ्ख्या अघिल्लो वर्षको सोही अवधिमा मुस्किलले ३५ हजार पनि पुग्न सकेको थिएन । यसरी तीव्र गतिमा पर्यटक आगमन हुँदै गर्दा व्यवसायीहरू उत्साहित

स्वचालित क्लियरिङ कात्तिकबाट

चेकमार्फत गरिएको कारोबार भुक्तानीको लक्षित व्यक्तिले एकै दिनमा पाउन सक्ने स्वचालित विद्युतीय क्लियरिङ हुने भएको छ । बैंकहरूबीच भुक्तानीका लागि आदानप्रदान हुने बैंकहरूको अहिले भइरहेको म्यानुअल क्लियरिङलाई आउँदो कात्तिकदेखि यस्तो अटोमेटेड (स्वचालित) प्रणाली प्रचलनमा आएपछि क्लियरिङका लागि बैंकहरूले चेक बोकेर राष्ट्र बैंक धाउनुपर्ने बाध्यताको अन्त्य गरेको छ । दुई वर्षअघि दर्ता भएको नेपाल क्लियरिङ हाउस कम्पनीले यसका लागि प्रक्रिया अघि बढाएको थियो । अब यो कार्यान्वयन हुने अवस्थामा पुगेको छ । चेक क्लियरिङको काम अहिले राष्ट्र बैंकले गर्दै आएको छ । क्लियरिङ स्वचालित भएपछि विद्युतीय माध्यमबाटै नेपालभरका बैंकहरूले कम्पनीमार्फत् चेक क्लियरिङ गराउन सक्नेछन् । र, राष्ट्र बैंकले विद्युतीय प्रणालीबाटै भुक्तानी दिनेछ । आवश्यक सफ्टवेयर जडान गरेपछि विद्युतीय क्लियरिङ सञ्चालनमा आउने नेपाल क्लियरिङ हाउसका प्रबन्ध निर्देशक रवीन्द्रबहादुर मल्लले बताए । अहिले एक बैंको चेक कुनै अर्को बैंकमा भएको खातामा जम्मा भई भुक्तानीयोय हुनका लागि कम्तीमा तीन दिन कुर्नुपर्छ । यही कारणले पनि चकको कारोबार कम हुने गरेको छ । क्लियरिङ स्वचालित भएपछि भुक्तानी छिटो प्राप्त हुने भएकाले चेकप्रतिको विश्वसनीयताका साथै यसको प्रयोग बढ्ने नेपाल क्लियरिङ हाउसका अध्यक्ष तथा लक्ष्मी बैंकको सीइओ सुमन जोशी बताउँछन् । ‘यसबाट जति आकारको कारोबारका लागि होस् नगद बोक्नुपर्ने झन्झटको अन्त्य हुन्छ । यसले चेकको प्रयोग बड्ने र नगद कारोबार घट्ने हुँदा बजारमा तरलताको समस्या हुँदैन ।’ वर्ष ५, अंक ४२, २०६७, जेठ असार ७–१३

ईसेवा र पश्चिमाञ्चल होटल संघ पोखराबीच क्यूआर तथा डिजिटल पार्टनरसीप सम्झौता

४ चैत, पोखरा । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक ईसेवा र पश्चिमाञ्चल होटल संघ पोखराबीच क्युआर भुक्तानी तथा डिजिटल पार्टनरसीपका लागि सम्झौता भएको छ । उक्त सम्झौता भएसँगै पोखराका होटलमा बस्दा नगद बोक्नुपर्ने …