जिसस बैतडीमा कांग्रेस–माओवादी तालमेल, संयोजकमा कांग्रेसका बागी

आइतबार हुने जिल्ला समन्वय समिति निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेका छन् । एमालेसित मिलेर कांग्रेसकै अर्का बागी उठेका छन् । गठबन्धनबाट प्रमुखमा कांग्रेसका सिद्धराज भट्ट र उपप्रमुखमा माओवादी केन्द्रका धनबहादुर बोहराको उमेद्वारी दर्ता भएको छ । स्वतन्त्रबाट गजेन्द्रबहादुर चन्दको मनोनयन दर्ता भएको छ ।