त्रास र अन्योलको वातावरणबाट मुक्त भएर आफ्नो मताधिकार प्रयोग गर्न राष्ट्रपतिको आह्वान :: Pahilopost.com

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकारको सदुपयोग गर्न मतदातालाई आह्वान गरेकी छन्।  पहिलो चरणमा आइतबार ३२ जिल्लामा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा राष्ट्रपति भण्डारीले दिएको सन्देशमा नेपालको लोकतान्त्रिक संविधान कार्यान्वयनका लागि यो निर्वाचन कोशेढुंगा सावित हुने उल्लेख गरेकी

सम्बन्धित सामग्री

खेलकुदको माध्यमबाट शान्ति र एकता प्रवर्द्धन गर्न चिनियाँ राष्ट्रपतिको आह्वान

चीनका राष्ट्रपति सी चिनफिङले खेलकुदको माध्यमबाट शान्ति र एकता प्रवर्द्धन गर्न चिनियाँ राष्ट्रपतिको आह्वान गर्नुभएको छ । चीनको हाङझाउमा आयोजित १९औँ एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन समारोहअघि शनिबार आयोजित स्वागत समारोहमा चिनियाँ राष्ट्रपतिले खेलकुदमार्फत शान्ति, एकता र समावेशीता प्रवर्द्धन गर्न आह्वान गर्नुभएको हो । राष्ट्रसित सीले साझा भविष्य भएका समुदायको सदस्यका रूपमा एसियाली राष्ट्रहरूले असल छिमेकी […]

समृद्ध श्रीलंका निर्माणका लागि नयाँ सुरुवात गर्न राष्ट्रपतिको आह्वान

कोलम्बो– राष्ट्रपति रनिल विक्रमासिङ्घेले समृद्ध श्रीलंका निर्माणका निम्ति नयाँ सुरुवात गर्न आह्वान गरेका छन् । सिंहला र तमिल नववर्षका अवसरमा आज जारी गरेको सन्देशमा उनले देशलाई वर्तमान चुनौतीबाट पार लगाउन नवीन सुरुवातका निम्ति आह्वान गरेका हुन् । ‘गत वर्ष हाम्रो दैनिक जीवनमा बाधा पुर्‍याउने अभूतपूर्व आर्थिक संकट झेल्नुपर्‍यो अहिले हामीले अथक कष्टबाट मुक्त भएर नयाँ […]

निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन राष्ट्रपतिको आह्वान

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार हुने आम निर्वाचनमा  उत्साहपूर्वक सहभागिता जनाउन आह्वान गरेकी छन्। शनिबार एक सन्देश जारी गरी राष्ट्रपति भण्डारीले मतदान नागरिक अधिकारको उच्चतम अभ्यास भएकाले सबैलाई उत्साहपूर्वक सहभागिता जनाउन आग्रह गरेकी हुन्। उनले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण कायम गरी सफल बनाउन निर्वाचन आयोग‚ सुरक्षा निकाय‚ राष्ट्रसेवक तथा सम्बद्ध सबैमा अपिल […]

भीड व्यवस्थापन गर्न कोरियाली राष्ट्रपतिको आह्वान

सीउल–दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले भीडबाट हुने दुर्घटना रोक्न उपर्युक्त सुरक्षा उपाय चाल्न आह्वान गरेका छन् । राजधानी सीउलमा  ह्यालोविन उत्सव मनाउने क्रममा १५५ जनाको मृत्यु भएपछि उनले मंगलबार यस्तो आह्वान गरेका हुन् । मन्त्रिपरिषदको बैठकको अध्यक्षता गर्ने क्रममा उनले उत्सवमा हुन सक्ने सम्भावित भागदौड व्यवस्थापन गर्न जोड दिएका हुन् । सयौं पसल र पार्टी रहेको इटावोनमा शनिबार राति करिब १ लाख भीड जम्मा भएको थियो। एउटा महत्वपूर्ण बजारमा भएको उक्त भागदौडमा दर्जनौँ घाइते

निर्धक्क भई मतदान गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले आज हुने हुने स्थानीय निर्वाचनमा निर्धक्क भई मतदान गर्न सबैलाई आह्वान गरेकी छिन्। आज हुने निर्वाचनका लागि दिएको शुभकानमा सन्देशमा राष्ट्रपति भण्डारीले निर्वाचन लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव भएको हुनाले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा हरेक नागरिकले आफ्नो मताधिकार प्रयोग गर्ने वातावरण निर्माण गर्नु हामी सबैको दायित्व भएको बताएकी हुन्। समाज र राष्ट्रका विकासका मुद्दाहरूलाई जनताको घरदैलोसम्म पुर्‍याउने विशेष अवसरका रूपमा हामीले नि

निर्धक्क मताधिकारको प्रयोग गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं, वैशाख ३०। राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय निर्वाचन लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव भएको बताएकी छन्। साथै उनले निर्धक्क भएर मताधिकारको प्रयोग गर्न सबै मतदातामा आह्वान पनि गरेकी छन् । वैशाख ३० गते शुक्रबार सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचन सम्बन्धमा राष्ट्रपतिले बिहीबार एक भिडियो सन्देशमार्फत स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणको निर्माण गर्नु सबैको दायित्व भएको […]

नयाँ सरकारका लागि राष्ट्रपतिको आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठन गर्न आह्वान गरेकी छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने र वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने निर्णय गरेलगतै राष्ट्रपतिले बिहीबार साँझ नयाँ सरकार गठनको आह्वान गरेकी हुन् । यसका लागि उनले दलहरुलाई २१ घण्टा समय दिएकी छन् ।

तीन दिनभित्र बहुमतको सरकार गठन गर्न राष्ट्रपतिको आह्वान !

राष्ट्रपति विद्यादेवी भण्डारीले तीन दिनभित्र बहुमतको सरकार गठन गर्न दलहरूलाई आह्वान गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अनुसार संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने संसद सदस्यलाई यही वैशाख ३० गते राति नौ बजेसम्म दाबी पेस गर्न आह्वान गर्नुभएको हो । यसअघि आज दिउँसो नै भएको मत विभाजनमा प्रधानमन्त्री केपी शर्मा ओली संसदमा विश्वासको मत जुटाउन असफल हुनुभएको थियो ।

बहुमतकाे सरकारका लागि राष्ट्रपतिको आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(२) अनुसार बहुमतको सरकार गठनका लागि दलहरूलाई दाबी पेश गर्न आह्वान गरेकी छिन् । राष्ट्रपतिले आगामी बैशाख ३० गते साँझ ९ बजेभित्र बहुमतसहित प्रधानमन्त्रीको दाबी पेश गर्न दलहरूलाई आह्वान गरेकी हुन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको धारा १०० को उपधारा (१) बमोजिम प्रतिनिधिसभामा विश्वासको मतको लागि राखेको प्रस्ताव सोही धाराको उपधारा (३) बमोजिम पारित हुन नसकेको भन्ने समेतको व्यहोरा संघीय संसद, प्रतिनिधिसभाका सभामुखको पत्र प्राप्त हुन

सावधानी अपनाएर होली मनाउन राष्ट्रपतिको आह्वान

१५ चैत, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाबाट बच्न स्वास्थ्य सावधानीका उपाय अपनाएर होली मनाउन आह्वान गरेकी छन् । अहिले पनि कोरोना भइरस (कोभिड-१९) महामारी टरिनसकेको भन्दै राष्ट्रपति भण्डारीले पूर्व सावधानीका उपाय अवलम्बन गर्न आग्रह गरेकी हुन् । होली पर्वको शुभकामना दिदै उनले यसले लोक संस्कृतिको प्रवर्धन गर्ने र समस्त नेपालीहरू बीच आपसी सद्‍भाव¸ सहिष्णुता¸आत्मीयता […]