संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितमैत्री हुनुपर्छ : लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक (टिआरसी) पीडितमैत्री हुनुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पीडितमैत्री र अन्तर्राष्ट्रिय मानव अधिकारको विषयलाई मध्यनजर गर्दै आए रास्वपाले पारित गराउन सहयोग गर्ने बताए ।