सल्यान : भवनको अभाव हुँदा जिल्ला कारागार सल्यानमा थुनुवा राख्न समस्या भएको छ। सरकारले निषेधाज्ञापछि ल्याइएका थुुनुवालाई छुट्टै राख्न निर्देशन दिए पनि भवनको अभाव भएको त्यो सम्भव नभएको जेलर बलबहादुर केसीले बताए। कारागारमा कोरोना संक्रमण फैलिन सक्ने भन्दै निषेधाज्ञा लागू भएपछि ल्याइएका थुनुवाहरुलाई छुट्टै राख्न परिपत्र गरेको भएपछि भवनको अभाव हुँदा अन्य कैदीबन्दीसँगै राख्नुपर्ने बाध्यता रहेको जेलर केसीले बताए। जिल्ला अदालतबाट कारागार चलान गरेका केही कैदीबन्दीको कोरोना परीक्षण गरेर पठाउने गरेको