युरोपमा मार्चसम्म कोभिडबाट थप ७ लाख मानिसको मृत्यु हुने डब्ल्यूएचओको चेतावनी

८ मंसिर, काठमाडौं । विश्व स्वास्थ्य संगठनले आगामी मार्चसम्म युरोपमा कोभिड संक्रमणका कारण थप सात लाख मानिसको मृत्यु हुनसक्ने चेतावनी दिएको छ । मार्चसम्ममा युरोप र एसियाका केही मुलुकमा कोभिड-१९ का कारण आगामी मार्चसम्ममा थप सात लाखको मृत्यु हुनसक्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चेतावनी दिएको बीबीसीले जनाएको छ । उक्त समयसम्ममा ४९ मुलुकका अति सघन […]

सम्बन्धित सामग्री

कोरोनाका कारण युरोपमा थप ७ लाख मानिसको मृत्यु हुन सक्ने डब्लुएचओको चेतावनी

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरस संक्रमणका कारण युरोप र एसियाका केही क्षेत्रमा मार्चसम्म थप ७ लाख मानिसको मृत्यु हुन सक्ने चेतावनी दिएको छ। हाल युरोपमा कोभिड १९ संक्रमणको जोखिम फेरि बढ्दै गएको छ। केही राष्ट्रहरुले संक्रमण बढेपछि फेरि लकडाउन सहितको प्रतिबन्धहरु लागू गरेका छन्। ती प्रतिबन्धहरुको विरोधमा विभिन्न शहरहरुमा…

डब्लूएचओको चेतावनी- मार्च महिनासम्म कोरोनाका कारण लाखौं मानिसको मृत्यु हुनसक्छ

संयुक्त राष्ट्र संघीय स्वास्थ्य संगठनले युरोप र एशियाका केही क्षेत्रमा आगामी वर्षको मार्चसम्म ७ लाख मानिसको कोरोना संक्रमणका कारण मृत्यु हुन सक्ने आकलन गरेको हो।

कार्यालयमा धेरै समय काम गर्नेलाई मुटु रोगको जोखिम : अध्ययन

४ जेठ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को एक अध्ययनले कार्यालयमा लामो समय काम गर्नाले वर्षेनी करिब साढे सात लाख मानिसको मृत्यु हुने देखाएको छ । पहिलोपटक विश्वव्यापी रुपमा गरिएको उक्त अध्ययनका अनुसार सन् २०१६ मा लामो समयसम्म कार्यालयको काम गरेको कारण हृदयघात तथा मुटुको रोगको कारण ७ लाख ४५ हजार मानिसको मृत्यु भएको थियो […]

लामो कार्य समयका कारण वर्षेनी साढे ७ लाख मानिसको मृत्यु : डब्ल्यूएचओ

जेठ ३, वाशिङ्टन डीसी (अमेरिका) । लामो कार्य समयका कारण वर्षेनी लाखौं मानिसहरुको मरिरहेका छन् ।  विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले यस्तो बताएको हो । संगठनका अनुसार सन् २०१६ मा लामो समय काम गर्दा उत्पन्न स्ट्रोक र मुटुको रोगका कारण ७ लाख ४५ हजार जनाको मृत्यु भएको छ ।  यो यस्तो खालको पहिलो विश्वव्यापी सर्वेक्षण हो । दक्षिण पूर्वी एशिया र पश्चिम प्रशान्त क्षेत्रमा बसोबास गर्ने मानिसहरु सबैभन्दा प्रभावित भएको प्रतिवेदनले देखाएको छ । कोरोना भाइरसको महामारीका कारण यो प्रवृत्ति झनै खराब बनेको हुन सक्ने संगठनको भनाइ छ ।  हप्तामा ३५ देखि ४० घन्टा काम गर्दाभन्दा ५५ घन्टा वा सोभन्दा धेरै समय काम गर्दा स्ट्रोकको जोखिम ३५ प्रतिशतले बढ्ने अनुसन्धानले देखाएको छ । यसका कारण मुटुसम्बन्धी रोग लागेर मर्ने जोखिम पनि १७ प्रतिशतले बढ्ने बताइएको छ ।  अध्ययन अन्तरराष्ट्रिय श्रम संगठन (आईएलओ) को सहयोगमा गरिएको थियो । धेरै काम गरेको कारण मर्नेमध्ये करीब तीन चौथाई अधवंैसे वा सोभन्दा बढी उमेरका पुरुष रहेको पनि अध्ययनले देखाएको छ ।  लामो समय काम गरेको प्रभावले मृत्यु धेरै ढिला अर्थात् दशकौं पछि हुने पनि देखिएको छ । अध्ययनमा महामारीको अवधि समावेश गरिएको छैन ।  रिमोट वर्किङ र आर्थिक मन्दीका कारण पनि लामो समय कार्य समयसम्बन्धी समस्या बढेको हुन सक्ने डब्ल्यूएचओका अधिकारीहरुले बताएका छन् । एजेन्सी