बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले विभिन्न समयमा गरेको निर्णयहरु सार्वजनिक हुन सकेको छैन । प्रदेश सरकारले आर्थिक वर्ष २०७७÷०७८ को विभिन्न समयमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक नगरेको हो ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय बागमती प्रदेशले गत आर्थिक वर्षको चैतसम्मका निर्णयहरु सार्वजनिक गरेको भए पनि त्यस यताका कुनै पनि निर्णय बाहिर आउन सकेको छैन ।नेकपाको सरकार कायम रहँदाको बखतमा गरिएका निर्णयहरु सार्वजनिक गरिए पनि सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्य