गुल्मीको तत्कालीन इस्मा गाउँ विकास समिति–१ रातामाटाका ४१ वर्षीय गोपाल कुमालले १४ वर्षअघि पहिलो श्रीमतीको हत्या गरेकै शैलीमा अहिले दोस्रो श्रीमतीको पनि निर्ममतापूर्वक हत्या गरेको तथ्य खुलेको छ।
सञ्चारमन्त्री डा. तिमिल्सिनाले अष्ट्रेलियाले नेपाललाई उपलब्ध गराउँदै आएको विकास सहायताका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्तो सहयोग निरन्तर रहने विश्वास व्यक्त गरेका छन्।
लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८३ को यथार्थ अवस्था अनुगमन गरी कार्यान्वयन नगर्ने निकायलाई कानुन बमोजिम कारबाही गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको छ । गृह मन्त्रालयद्वारा आज जारी परिपत्रमा कार्यविधिमा उल्लेख भएको छुट/सहुलियत दिए नदिएको अनुगमन गरी तत्काल छुट दिने व्यवस्था मिलाउन र छुट/सहुलियत नदिने अस्पताललाई कानून बमोजिम कारवाही […]
काठमाडौं– राष्ट्रियसभाको आजको बैठकले लैङ्गिक हिंसा नियन्त्रणसम्बन्धी संकल्प प्रस्ताव सर्वसहमतिले पारित गरेको छ । राष्ट्रियसभा सदस्य रेणु चन्दले प्रस्तुत गरेको ‘प्रविधिको प्रयोग गरी हुने लैङ्गिक हिंसा रोकथाम, नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत, कानुनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्नेसम्बन्धी संकल्प प्रस्ताव’लाई सर्वसहमतिले पारित गरेको हो । सो […]