भेरीगंगामा कांग्रेस–माओवादी गठबन्धनविरुद्ध एमाले विजयी
सुर्खेतको भेरीगंगा नगरपालिकामा कांग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई हराउँदै एमालेका उम्मेदवार विजयी भएका छन्। गठबन्धनलाई हराउँदै नगर प्रमुखमा एमालेका यज्ञप्रसाद ढकाल विजयी भएका हुन्।
ढकाल १० हजार १२ मत ल्याएर विजयी...
खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिका–६ हौंचुरस्थित शारदा माबिको व्यवस्थापन समिति चयनका क्रममा दलीय आधारमा चुनाव भएको छ । नयाँ व्यवस्थापन समिति चयनका क्रममा सहमती नजुटेपछि अभिभावकबीचमै दलीय आधारमा निर्वाचन भएको हो । व्यवस्थापन समितिका लागि कांग्रेस र माओवादी केन्द्र समर्थकको एउटा प्यानल तथा एमाले समर्थकको अर्को प्यानल खडा गरेर शुक्रबार निर्वाचन गरिएको हो । निर्वाचनमा […]
४ जेठ, रौतहट । रौतहटको मौलापुर नगरपालिकामा नेकपा एमालेले जित हासिल गरेको छ । गठबन्धनका उम्मेदवारको विरुद्धमा निर्वाचनमा भाग लिएकी नेकपा एमालेकी महिला मेयर उम्मेदवार रिना साहले ठूलो मतान्तरका साथ विजय हासिल गरेकी हुन । दोस्रो कार्यकालका लागि मेयर उम्मेदवार बनेकी साहले नेपाली कांग्रेस, माओवादी केन्द्र जसपा गठबन्धनको तर्फबाट उम्मेदवार रहेका रामप्रवेश यादवलाई पराजित गरेकी छिन् […]
काठमाडौं । मोरङको लेटाङ नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । कांग्रेस माओवादी केन्द्र गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै एमालेका भुपेन्द्रकुमार लावती मेयरमा निर्वाचित भएका हुन् । उपमेयरमा कृष्णकुमारी पोखरेल निर्वाचित भएकी छन् । लावतीले १० हजार २२७ मत प्राप्त गर्दा गठबन्धनतर्फका कांग्रेस उम्मेदवार ज्ञानेन्द्र ढकालले ८ हजार १०५ मत […]
ओखलढुंगा : ओखलढुंगाको मोलुङ गाउँपालिकामा नेकपा एमालेका उम्मेदवारहरू विजयी भएका छन्। कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवारलाई फराकिलो मतान्तरले पराजित गर्दै एमालेबाट अध्यक्षमा उत्तम राई र उपाध्यक्षमा उर्मिला खतिवडा निर्वाचित भइन्। एमालेका राईले ४ हजार ५२ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्द्वी गठबन्धनबाट कांग्रेस उम्मेदवार राजन दाहालले ३ हजार ४ सय ६२ मत पाए।विजयी राईको मतान्तर ५९० छ। २०७४ को निर्वाचनमा एमालेले २६ मतले अध्यक्ष पद जितेको थियो।उपाध्यक्षमा खतिवडाले प्रतिस्पर्ध
१५ फागुन, बुटवल । मिनी स्थानीय तहको चुनावको रुपमा हेरिएको रुपन्देहीको देवदह खानेपानी तथा सरसफाइ संस्थाको अधिवेशनमा ६ दलीय गठबन्धनलाई फराकिलो मत अन्तरले हराउँदै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । ४ हजार ३ सय मतदाता रहेको खानेपानीको अधिवेशनमा एमालेविरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय जनमुक्ति पार्टीले गठबन्धन […]
कांग्रेस–माओवादी गठबन्धनलाई हराउँदै बुटवल उपमहानगरपालिकामा एमाले विजयी भएको छ । कांग्रेसका खेलराज पाण्डेलाई २,३९८ मतले हराउँदै एमालेका शिवराज सुवेदी निर्वाचित भएका छन् । सुवेदीले २३२४९ मत पाए भने कांग्रेसका पाण्डेले २०८५१ मत ल्याए ।
अछामको सदरमुकाम मंगलसेन नगरपालिका नेकपा एमाले विजयी मेयर र उपमेयर दुवै पदमा विजयी भएको छ। मेयर पदमा एमालेका पदमबहादुर बोहरा ४६९१ मत र उपमेयर पदमा सरिता उपाध्याय ४९११ मत ल्याएर विजयी भएका हुन्। प्रतिद्वन्दी कांग्रेस-माओवादी गठबन्धनका कांग्रेसका उम्मेदवार चन्द्रप्रसाद ढुंगानाले ४५५३ मत पाए भने माओवादीका उम्मेदवार रोहिना भाट (भण्डारी) ले ३०७६ मत पाएका छन्।