विद्युत् प्राधिकरण भरतपुर : उठ्न थाल्यो केबुल र इन्टनेट सेवाप्रदायकबाट शुल्क

भरतपुर । लामो समयदेखि विनाशुल्क विद्युत् पोल प्रयोग गर्दै आएका चितवनका केबुल र इन्टरनेट सेवाप्रदायकले धमाधम राजस्व बुझाउन थालेका छन् । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले पोल प्रयोग गरेबापतको राजस्व संकलनमा कडाइ गरेसँगै उनीहरूले शुल्क बुझाउन थालेका हुन् । बिजुलीको पोल प्रयोगबापत सेवाप्रदायकबाट केन्द्रले रू. ४१ लाख ५९ हजार शुल्क संकलन गरिसकेको छ । कार्यालयका इञ्जिनीयर राजेन्द्र पौडेलका अनुसार इन्टरनेट तथा केबुलका गरी सातओटा सेवाप्रदायक संस्थाबाट उक्त रकम असुल गरिएको हो । २०७३ देखि लागू भएको नियमानुसार राजस्व नबुझाएका ती सेवा प्रदायक संस्थामध्ये चितवन युनिक केबुलले रू. ३० लाख ५५ हजार बुझाएको छ । यस्तै कनेक्ट नेपालले रू. १ लाख ७७ हजार, त्रिवेणी केबल नेटवर्क मुग्लिनले रू. १ लाख ९३ हजार, प्राइम नेटवर्कले रू. २ लाख ३ हजार र फाइबर वड कम्युनिकेशनले रू. १ लाख २२ हजार शुल्क बुझाएका छन् । यस्तै वेब सर्फर कटहर चोकलाई रू. ३ लाख ५ हजार, ब्रोडलिंकलाई रू. १ लाख १ हजार जरिवाना तिराइएको छ । केन्द्रका अनुसार जिल्लामा विद्युत्को पोल प्रयोग गरेर सेवा प्रदान गर्ने १९ ओटा संस्था छन् । उनीहरूमध्ये सातओटाले राजस्व बुझाएको, तीनओटा सम्पर्कमा आएको र अन्य सम्पर्कमा आएका छैनन् । प्राधिकरणको नयाँ नियमावली अनुसार महानगर र उपमहानगरपालिकामा  प्रतिकिलोमिटर वार्षिक रू. ९ हजार र नगर तथा गाउँपालिकामामा रू. ७ हजार शुल्क रहेको छ ।

सम्बन्धित सामग्री

विद्युत् प्राधिकरण र सशस्त्र प्रहरीबीच चार्जिङ स्टेशनसम्बन्धी सम्झौता

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण र सशस्त्र प्रहरी बल नेपालबीच विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण तथा सञ्चालन र सशस्त्र प्रहरी बल नेपालका विभिन्न एकाइमा इन्डक्सन चुलोको प्रयोगमा सघाउ पुर्‍याउनेसम्बन्धी आज सम्झौता भएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा आज […] The post विद्युत् प्राधिकरण र सशस्त्र प्रहरीबीच चार्जिङ स्टेशनसम्बन्धी सम्झौता appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

विद्युत् प्राधिकरण र सशस्त्र प्रहरीबीच चार्जिङ स्टेशन निर्माणसम्बन्धी सम्झौता

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण र सशस्त्र प्रहरी बल नेपालबीच विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण तथा संचालनसम्बन्धी सम्झौता भएको छ ।  शुक्रबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबीच यस्तो सम्झौता भएको हो । यस्तै विद्युत् प्राधिकरण र सशस्त्र प्रहरीबीच सशस्त्र प्रहरीका […]

विद्युत् प्राधिकरण ‘टाट पल्टिने’ अवस्थामा जाँदै छः योगेश भट्टराई

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल एमालेका सांसद् योगेश भट्टराईले विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा गएको बताएका छन्। प्रतिनिधिसभा बैठकमा बुधबारबाट सुरु भएको आर्थिक वर्ष २०७९८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा सहभागी हुँदै उनले भारतबाट महंगोमा बिजुली किनेर सस्तोमा बेचेको विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा गइरहेको बताएका हुन्। ‘अहिले […]

आईपीओ निष्कासनको तयारीमा विद्युत् प्राधिकरण

काठमाडौं, फागुन १६ । । पूर्ण सरकारी स्वामित्वमा रहेको नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणलाई शेयर निष्कासनको तयारी गरेको छ । सरकारले प्राधिकरणको दोस्रो वित्तीय पुनःसंरचना गर्ने योजनाअन्तर्गत शेयर निष्कासनका लागि सहमति दिइसकेकाले त्यसअनुसार सर्वसाधारणलाई शेयर निष्कासनको तयारी गरिएको हो । प्राधिकरण विद्युत् व्यापार, उत्पादन, वितरण तथा प्रसारण गर्दै आएको सरकारी कम्पनी हो । अब त्यसमा जनताको […]

दाङकाे घोराहीमा नयाँ विद्युत् लाइन जडानका लागि मिटर बक्स अभाव

दाङ - नेपाल विद्युत् प्राधिकरण घोराही दाङमा नयाँ विद्युत् लाइन जडानका लागि मिटर बक्स अभाव भएको छ । विद्युत् जडानका लागि १ हजार ९ सयभन्दा  बढी ग्राहकले निवेदन दिए पनि नेपाल विद्युत् प्राधिकरण केन्द्रले शाखामा मिटर बक्स नपठाउँदा धेरै ग्राहकको घरमा विद्युत् जडान गर्न नसकिएको विद्युत् प्राधिकरण घोराही दाङले जनाएको छ ।  विद्युत् प्राधिकरणले टेण्डर प्रक्रियामार्फत भारतबाट मिटर बक्स खरिद गर्ने गरेको छ तर यस पटक मिटर बक्स खरिद गर्न ढिलाइ गर्दा दाङमा मिटर बक्स पुर्‍याउन समस्या भएको नेपाल विद्युत् प्राधिकरण घोराह...

विद्युत् प्राधिकरण गौर शाखाले एक महिनामा २० लाख जरिवाना उठायो

१२ पुस, रौतहट। नेपाल विद्युत् प्राधिकरण गौर शाखाले एक महिनामा २० लाखभन्दा बढी रकम जरिवाना असुल गरेको छ । गौर शाखाले गत मंसिर महिनामा विद्युत् चोरी गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई कारबाही गर्दा २० लाख ३० हजार ५४० रुपैयाँ असुल गरेको हो । बिजुलीको तारमा हुकिंग गरी विद्युत् चोर्नेविरुद्ध प्राधिकरणले कारवाही गरिरहेको गौर शाखाका प्रमुख […]

विद्युत् प्राधिकरण र इन्टरनेट सेवा प्रदायकको झगडाले सर्वसाधारण मारमा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण र इन्टरनेट सेवा प्रदायकहरुबीचको झगडाले सर्वसाधारण मारमा पर्न थालेका छन् । विद्युत् प्राधिकरणले आफ्ना संरचना प्रयोग गरेर भाडा नतिरेको भन्दै इन्टरनेट, टेलिफोन र केबल टेलिभिजन सेवा प्रदायकको लाइन काट्न सुरु गरेपछि सर्वसाधारण मारमा परेका हुन । प्राधिकरणले पोल, अप्टिकल फाइबरलगायत संरचना प्रयोग गरेर भाडा नतिरेका सेवा प्रदायकहरूको लाइन काट्न सुरु […]

विद्युत् प्राधिकरण ठूलो तगारो र समस्या बन्यो : इन्टरनेट सेवा प्रदायक

इन्टरनेट सेवा प्रदायकहरूले सस्तो र गुणस्तरीय इन्टरनेट सेवा प्रवाहमा नेपाल विद्युत् प्राधिकरण तगारो बनेको आरोप लगाएका छन् । प्राधिकरणले पोल तथा ओपिजिडब्लू भाडादर अचाक्ली बढाएको आरोप उनीहरूको छ ।  पुनरावलोकन समितिको...

विद्युत् महसुल नबुझाउने १९ ग्राहकको विद्युत् लाइन काटियो

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले लामो समयदेखि महसुल नबुझाउने १९ ग्राहकको विद्युत् लाइन काटेको छ ।पटक–पटक विद्युत महसुल बुझाउन ताकेदा गर्दा समेत लामो समयसम्म महसुल नबुझाई अटेर गर्ने ग्राहकको लगत तयार गरी विद्युत् लाइन काट्न शुरु गरेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख जितेन्द्रकुमार यादवले जानकारी दिए ।लाइन काट्न शुरु गरेको दुई दिनभित्र १३ ग्राहकको लाइन काटिएको र थप ग्राहकहरुको विद्युत् लाइन काट्ने काम भइरहेको प्रमुख यादवको भनाइ छ । प्रमुख यादवका अनुसार पहिलो

विद्युत् सेवा अवरुद्ध : सेवाग्राही समस्यामा

बैतडी जिल्लाभरि आइतबारदेखि विद्युत् सेवा बन्द भएको छ । विद्युत् सेवा बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन् ।जिल्लाभरि सबै ठाउँमा विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ । विद्युत् प्रसारण लाइनमा समस्या आएका कारण विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका सुपरभाइजर माधव लेखकले जानकारी दिए ।“प्रसारण लाइनमा फल्ट देखाएको र कुन ठाउँमा फल्ट रहेको छ भन्ने थाहा हुन सकेको छैन”, उनले भने, “अवरुद्ध विद्युत् सेवा