अख्तियारमा उजुरीको चाङ, एक वर्षमा १६ हजार २ सय उजुरी

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धानमा अनियमितताका उजुरीको चाङ लागेको छ।आयोगमा एक वर्षमा १६ हजारभन्दा बढी उजुरी दर्ता भएका छन्। अख्तियारले बुधबार पत्रकार सम्मेलन गरी ३२ औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै आव ०७८/७९ मा मात्रै १६ हजार २३८ उजुरी परेको जानकारी दिएको हो।सम्मेलनमा आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले अघिल्लो आवका ८ हजार ९३ उजुरीसहित अहिले २४ हजार ३३१ भ्रष्टाचारसम्बन्धी उजुरीको चाङ लागेको बताए।उनले गत आर्थिक वर्षमा आयोगको कार्यालय टंगालको उजुरी १२ हजार ३ सय र मातहत कार्या