जनकपुरधाम । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश नम्बर–२ मा सत्तारूढ गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) र प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले उमेदवारी दर्ता गराएका छन् ।
मंगलबार जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालयमा दुवै दलका उमेदवारले उमेदवारी दर्ता गराएका हुन् ।
लोसपाबाट महोत्तरीकी रूपा यादव (महोत्तरी) र श्यामसुन्दर सरदारले उमेदवारी दर्ता गराएका...
जनकपुरधाम : राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश २ मा अहिले सम्म ३ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
सत्तारूढ गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) र प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन्।
लोसपाबाट महोत्तरीकी रूपा यादव र श्यामसुन्दर सरदारले उम्मेदवारी दर्ता गराएका छन्।…
प्रदेश २ सरकारले अध्यादेश मार्फत् ल्याएको प्रदेश प्राविधिक विश्वविद्यालय सम्बन्धी कानुन बहुमतले पारित भएको छ । आइतबार बसेको प्रदेशसभा बैठकबाट प्रदेश प्राविधिक विश्वविद्यालय अध्यादेश २०७८ बहुमतले पारित भएको हो ।सत्तारुढ दल जनता समाजवादी पार्टी, नेपाली काँग्रेस, नेकपा समाजवादी, माओवादी केन्द्रका सांसद उक्त प्रस्तावको पक्षमा रहेका थिए भने लोसपा र नेकपा एमालेका सांसदहरुले उक्त कानुनको विपक्षमा आफ्ना धारणा राखेका थिए ।प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक परमेश्
साइकल वितरण कार्यक्रममा भ्रष्टाचार गरेको आरोप लागेपछि प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले राजीनामा दिनुपर्ने माग उठेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेर साइकल वितरण कार्यक्रमको कागजात आफ्नो नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेपछि मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने आवाज उठेको हो ।
प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २ संसदीय दलका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीले तुरुन्त राजीनामा दिनुपर्ने बताउँछन् । अख्तियारले गरेको प्रथम चरणको अनुसन्...
साइकल वितरण कार्यक्रममा भ्रष्टाचार गरेको आरोप लागेपछि प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले राजीनामा दिनुपर्ने माग उठेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेर साइकल वितरण कार्यक्रमको कागजात आफ्नो नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेपछि मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने आवाज उठेको हो ।प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २ संसदीय दलका नेता जितेन्द्र सोनमले मुख्यमन्त्रीले तुरुन्त राजीनामा दिनुपर्ने बताउँछन् ।
जनकपुरधाम – प्रदेश २ सरकारले विश्वविद्यालय स्थापनासम्बन्धी ल्याएको अध्यादेशको प्रमुख प्रतिपक्षी र सत्तासाझेदार दलबाटै विरोध भएको छ । मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारले गत साता विश्वविद्यालय स्थापनासम्बन्धी दुईवटा अध्यादेश जारी गरेपछि प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र सत्तासाझेदार दलहरू नेपाली कां…
जनकपुरधाम – प्रदेश २ सरकारले विश्वविद्यालय स्थापनासम्बन्धी ल्याएको अध्यादेशको प्रमुख प्रतिपक्षी र सत्तासाझेदार दलबाटै विरोध भएको छ । मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारले गत साता विश्वविद्यालय स्थापनासम्बन्धी दुईवटा अध्यादेश जारी गरेपछि प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र सत्तासाझेदार दलहरू नेपाली कां…
नवगठित लोकतान्त्रिक समाजवादी पार्टी प्रदेश २ संसदीय दलको प्रमुख सचेतकमा परमेश्वर साह मनोनित भएका छन् । जनता समाजवादी पार्टीबाट विभाजित भएर गठन भएको लोसपाको संसदीय दलका नेता जितेन्द्र सोनलले साहलाई प्रमुख सचेतकमा मनोनित गरेका हुन् । त्यस्तै उप नेतामा रानी शर्मा तिवारी, सचेतकमा जानकी शरण साह र कोषाध्यक्षमा बबिता चौधरीलाई मनोनित गरिएको छ । लोसपासँग प्रदेश २ मा १६ जना प्रदेश सांसद छन् । पार्टी विभाजन पश्चात लोसपा प्रदेशको प्रमुख प्रतिपक्षी दल बनेको छ ।
प्रदेश २ को प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा मागेको छ । सोमबार बसेको लोसपा संसदीय दलको बैठकले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रममा अनियमितता...