हेटौंडा : मंसिर चारमा भएको निर्वाचनबाट बागमती प्रदेश सभाको दोस्रो कार्यकालको प्रदेश सभा सदस्यमा निर्वाचित सांसदहरुले गत पुस १४ गते शपथग्रहण गरिसकेका छन्। ११० सदस्यीय बागमती प्रदेश सभाका नवनिर्वाचित सांसदहरुलाई प्रदेश सभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले शपथग्रहण गराएका थिए। त्यसपछि पहिलोपटक प्रदेश सभा बैठक पनि सोमबार बसेको छ। निर्वाचनपछि पहिलोपटक संसदको ११ औ अधिवेशनको पहिलो बैठक सोमबार बसेको हो। बैठकले ५ वटा अध्यादेश टेवल गरेको छ भने प्रदेश सभाको सभामुख र उपसभामुख च