काठमाण्डाै – गृहमन्त्री बालकृष्ण खाणले देशका विभिन्न ठाउँमा गएको बाढी–पहिरोले पुर्याएकाे क्षतिबारे जानकारी लिइ राहत, उद्धार र व्यवस्थापनमा जुट्न निर्देशन दिनुभएको छ ।
गृहमन्त्री खाणले म्याग्दीको मालिका गाउँपालिका २ रुममा गएको पहिरो, चितवनको भरतपुर महानगरपालिका २९ केराबारीमा गएको पहिरोले पुर्याएकाे सडक अवरोध र चितवनकै इच्छाकामना गाउँपालिकामा गएको पहिरोबाट भएको क्षति, उद्धार र राहत तथा सडक खुलाउन भइरहेको प्रयासबारे जानकारी लिनुभएको हो ।
उहाँले नेपाल प्रहरीका गण्डकी प्रदेश प्रमुख एवम् प्र...